काठमाडौंः कोभिड–१९ को महामारीको उपचारको दायित्वबाट पन्छिन नमिल्ने भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गरेको छ। विगतमा जस्तै संघ सहयोगका लागि तत्पर रहेको पनि जनाएको छ।
सरकारले केही जिल्लाहरुमा संक्रमणको अवस्था हेर्दा अस्पतालमा शय्या दिन सकिने अवस्था नरहेको बताएको भोलिपल्ट संघले ध्यानाकर्षण जनाउँदै जनताको स्वास्थ्यको जिम्मेवारी सरकारको रहेको स्मरण गराएको हो।…