काठामाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा थप कडाई

काठमाडौं।काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाइएको छ।अर्को सूचना प्रकाशित नहुन्जेलसम्म हरेक दिन साँझ ८ बजे देखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलाउन पाइने छैन।“ अत्यावश्यक सेवा,ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ”,काठमाडौं जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ।