कडाई गर्दै चितवनमा साउन ३२ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

साउन २४, चितवन । चितवनमा अघिल्लो पटक गरिएको निषेधाज्ञाभन्दा आइतवार राति १२ बजे पछिदेखि गरिने निषेधाज्ञालाई कडा पारिएको छ ।  चितवनमा दैनिकजसो संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयद्वारा आइतवार जारी आदेश अनुसार साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएको हो  ।  सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टाराईले जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि थप जोखिम र त्रास बढेकोले निषेधाज्ञा केही कडा पारिएको जानकारी दिए । जारी निषेधाज्ञा आइतवार राति १२ बजे सकिदैछ ।  पछिल्लो समय निषेधाज्ञा खुकुलो गर्दै लगिएकोमा थप संक्रमित पनि बढ्दै गएपछि सिसिएमसी (कोभिड १९ संकट व्यवस्थापन केन्द्र) चितवनको सुझाव र सिफारीस अनुसार कडा पार्नु परेको उनको भनाइ छ  । उनका अनुसार पछिल्लो समयमा प्रायः स्थानमा मानिसहरुले स्वास्थ्य मापदण्डमा लापरवाही तथा वेवास्ता गर्दै गएको पाईएकोले यसलाई न्यूनीकरण गर्दै निषेधाज्ञामा थप कडाई गरिएको हो । ‘तेस्रो भेरियण्टको जोखिम पनि बढ्यो । संक्रमण र मृत्युदर पनि घटेन, भट्टराईले भने  संक्रमणदर घटेन भने अब थपिने निषेधाज्ञा थप कडा हुन सक्छ ।’ पछिल्लो समय मानिसहरुको गतिविधि र भीड बढ्दै गएकोले भोलिदेखि जारी हुने निशेधाज्ञामा अनुगमन र नियमन पनि गरिने भटट्राइको भनाइ छ ।  सरकारबाट मास्क अभियान तथा स्वास्थ्य सचेतनालाई तीव्र पार्दै लगिने निर्देशन अनुसार पनि कडा गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार थप गरिएको निषेधाज्ञामा अत्यावश्यक दैनिक खाद्य वस्तु विक्री तथा खरीदमा दैनिक निश्चित तालिका र समय निर्धारण गरिएको छ ।  यसअघि हप्ताको सातै दिन पूर्ण समय खोल्न पाईने आदेश थियो । जारी आदेश अनुसार अन्य उपभोग्य वस्तुका पसलहरु अब आइतवार मंगलवार र बिहीवार मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म खोल्न पाइने छ ।  यस्तै कृषिजन्य वस्तु, पशुचौपायका आहारा र दूध डेरी खुल्ने समयलाई पनि केही कडा पार्दै निश्चित समय निर्धारण गरिएको छ । यस्ता विक्री केन्द्र तथा पसलको हकमा बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न पाइने आदेशमा उल्लेख छ ।  यस्तै रेष्टुरेण्ट, खाजा पसल र मिठाई पसलको हकमा दैनिक मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म खोल्न पाईने र अत्यावश्यक सवारी साधन बाहेक निजी तथा सार्वजनिक साधनको हकमा जोर विजोर प्रणाली लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।  अन्य बैंक, वित्तिय संस्था तथा सरकारी कार्यालयको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाईने जारी आदेशमा जनाइएको छ । आदेशको उल्लंघन गरेको पाईएमा प्रचलित कानून अनुसार कारबाही गरिने समेत आदेशमा उल्लेख छ । 

सम्बन्धित सामग्री

४ महीनामा चितवनका ३१ स्थानमा देखियो बर्डफ्लु

वैशाख २०, चितवन । कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महीनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ ।  माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो । अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिए ।  उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ ओटा हाँस नष्ट गरिएको छ । बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, ६ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ ओटा, एक हजार ३८० ओटा गिरीराजको अण्डा, एक हजार ५०० थान काटुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । पूर्वी क्षेत्रमा बर्डफ्लुको बढी असर देखिएको छ । पछिल्लोपटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो । बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो ।  पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको उनले बताए । सो फर्ममा १ लाख २० हजार लेयर्स कुखुरा थिए ।  बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा विक्री गर्दा रोग तिब्ररुपमा फैलिएको अनुमान गरिएको छ । सरकारी तवरबाट दिइने राहतको प्रकृयामा पर्खदा कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनका लागि राहतप्रति कृषक विश्वस्त हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ । अनुगमनमा कडाई हुन नसकेका कारण रोग फैलिएको हो ।  वाग्मती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिब डा. शरण  पाण्डेले केही कृषकले संक्रमण देखिन थालेपछि कुखुरा विक्रीगर्दा रोग फैलिएको बताए । जैविक सुरक्षामा कृषकले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।  यो प्रदेशमा सबैभन्दा बढी चितवन र त्यसपछि काठमाडौंमा रोग फैलिएको छ । सचिव डा. पाण्डेका अनुसार मन्त्रालयले आफ्ना मातहतका कार्यालयमार्फत तिव्र परीक्षण गर्ने काम गरिरहेको र  परीक्षण गरेर मात्र ढुवानी गर्न दिइएको र भाइरस रोक्न नसकेमा रोग फैलिरहने भएकाले सबैको साथ र सहयोगबाट मात्र रोग नियन्त्रमा ल्याउन सकिने उनले बताए ।  नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले नेपालमा भ्याक्सिनका लागि अनुमति नदिदाँ ठूलो नोक्सानी बेहोर्नु परेको बताए । छिमेकी मुलुकहरुमा भ्याक्सिन लगाइरहे पनि नेपालमा भ्याक्सिन दिन रोक्दा रोग नियन्त्रणमा लिन नसकिएको उनको भनाइ थियो ।  पूर्बी क्षेत्रमा रोगको प्रकोप निकै वढी भएको भन्दै उपाध्यक्ष पोख्रेलले थलिएको पोल्ट्री व्यवसायमा रोगका कारण थप असर पुगेको बताए । नेपालमा पोल्ट्री व्यवसायमा रू. एक खर्ब ५० अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।  नेपालको पोल्ट्री व्यवसायको झण्डै आधा हिस्सा चितवनमा रहेको छ । धेरै कुखुरा भएकै ठाउँमा बर्डफ्लुको प्रकोप देखिएकाले नोक्सान बढी भएको हो । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भेटेनरीमा तथ्यांक नआएका धेरेको कुखुरा रोगका कारण मरेका बताए ।  रोगकै कारण करोडौंको क्षति कृषकले बेहोरेकाले पुनः कुखुरा पाल्नसमेत नसक्ने अवस्थामा कृषक पुगेको उनको भनाइ थियो । हालसम्मकै संकटग्रस्त अवस्थामा पोल्ट्री व्यवसाय पुगेको अध्यक्ष लामिछानेले जानकारी दिए । रासस

एमाले महाधिवेशन : चितवनमा सुरक्षा व्यवस्थामा कडाई, ठूला सवारी साधन प्रवेशमा रोक

चितवन। नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई ध्यान दिँदै चितवनमा विहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भने चितवन प्रवेश गर्ने सवारी साधनहरु पनि रोकिएको छ । पश्चिमबाट आएका सवारीहरु गैँडाकोटमा रोकिएका छन भने पूर्वबाट आएका सवारीलाई पारस बसपार्कमा रोकिएको छ । एमाले नेता तथा कार्यकर्ता लिएर आएका सवारी साधनहरु पनि रोकेर सहभागीहरुलाई पैदल […]

संक्रमण कम नभएपछि कडाई गर्दै १० दिन थपियो चितवनमा निषेधाज्ञा

साउन ३१ ,चितवन । जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेबाट जारी गरिने निषेधाज्ञालाई केही कडाई गर्दै १० दिन थप गरेको छ । दैनिक रुपमा कोरोना संक्रमण भीडभाडकै कारण बढेको देखिएकोले प्रशासनले निषेधाज्ञामा कडाई गरेको हो  ।  प्रशासनले आइतवार आदेश जारी गर्दै भादौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्यााउने निर्णय गरेको हो  । जारी निषेधाज्ञा साउन ३२ गते १२ बजे सकिदैछ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेश अनुसार भाद्र १ गतेदेखि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालयको अत्यावश्यक तथा आन्तरिक कार्य बाहेक अन्य नियमित सेवा प्रवाह बन्द गरिने भएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टराईले जनमानसबाट र सर्वपक्षीयको सुझाव अनुसार भीडभाड हुने यी सरकारी कार्यालय बन्द गरिएको जानकारी दिए । ‘सबैतिरबाट यी भीड हुने कार्यालय बन्द गर्नुपर्ने सुझाव आयो, भट्टराईले भने, संक्रमणदर कम नभए यही बीचमा आदेश संशोधन गर्न पनि सकिन्छ ।’ यी कार्यालय बाहेक अन्य कार्यालय भीड नदेखिएको र स्वास्थ्य मापदण्ड प्रयोग गरी सञ्चालन गर्न सुझाव दिइएकोले सोही अनुसार सेवा प्रयोग गर्नुपर्ने उनले बताए । स्थानीय तह, वडा कार्यालयहरुको हकमा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्नु पर्नेछ । सार्वजनिक यातायातको हकम जोर विजोर प्रणाली लागू गर्दै सवारीसाधन निसंक्रमित गर्दै भौतिक दूरी कायम गर्दै सीट क्षमता भन्दा यात्रु नराख्ने, मास्क नलगाउने यात्रुलाई सवारीसाधन चढ्न निशेध गर्नुपर्ने आदेशमा उल्लेख छ । अन्य नियम जारी निषेधाज्ञाका अनुसार नै सञ्चालन हुने आदेशमा उल्लेख छ ।

ट्राफिक कार्यालय, चितवनको राजस्व संकलन ३ करोडभन्दा बढी

असार ८, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले चालू आर्थिक वर्षको ११ महिनामा ३ करोड ९ लाख ६५ हजार ५०० राजस्व संकलन गरेको छ । सो अवधिमा सबैभन्दा बढी राजस्व संकलन माघ महिनामा ४७ लाख १२ हजार ५सय र सबैभन्दा कम ज्येष्ठ महिनामा ९ लाख २३ हजार रुपैयांँ संकलन गरेको छ ।  कार्यालयले दिएको जानकारी अनुसार श्रावण महिनामा ९ लाख २६ हजार, भदौ महिनामा ६ लाख ८४ हजार पांँच सय, असोज महिनामा २९ लाख ७७ हजार पांँच सय, कात्तिक महिनामा ३४ लाख ३० हजार र मंसीर महिनामा ३६ लाख ६३ हजार पांँच सय रुपैयांँ संकलन गरेको छ । यसैगरी कार्यालयले पुस महिनामा ४४ लाख ४४ हजार पांँच सयँ, फागुन महिनामा ३१ लाख ६२ हजार पांँच सय, चैत महिनामा ३८ लाख १५ हजार पांँच सय र वैशाख महिनामा २२ लाख २५ हजार राजस्व संकलन गरेको छ । पुसभन्दा अघिका महिनामा दुर्घटनाको अनुपात बढ्दै गएका कारण त्यसपछिका महिनाहरुमा बिशेष अभियान चलाईएका कारण माघ महिनामा राजस्व संकलनमा बृद्धि भएको चितवन  ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले बताए । ‘विशेषगरी मंसीरसम्म अघि दुर्घटना, घाइते र मृत्यको संख्या बढ्दै गयो,’ थापाले भने, ‘त्यसपछि वाग्मती प्रदेश ट्राफिक र जिल्ला प्रहरी कार्यालयको समन्वयमा चेकजांँचमा थप कडाई गरियो । गतबर्ष लगाईएको लकडाउन पनि खुल्ला भयो ।’ जेठ महिनाभर निशेधाज्ञा भएको र अतिआवश्यक सवारी मात्र चल्नुका साथै अन्य सवारीसाधनको आगमन नभएकोले राजस्व संकलनमा कमी आएको उनले बताए । ‘सार्वजनिक, नीजि सवारी पनि चलेनन, अतिआवश्यक सवारीसाधन मात्रै चल,े उनले भने, कारबाही गरिएको भुक्तानी बैंक मार्फत सवारीधनीलाई तिर्न सहज पनि भएन ।’ सबैभन्दा बढी राजस्व संकलन मोटरसाइकलबाट  कार्यालयले चालु आवको जेठ महिनासम्म सबै भन्दा बढी राजस्व संकलन मोटरसाइकलबाट गरेको छ । भने सबैभन्दा कम राजस्व संकलन टेक्टरबाट संकलन गरेको छ । जसअनुसार मोटरसाइकलबाट ११ महिनामा ८९ लाख ११ हजार पांँचसय रुपैयांँ र ट्र्याक्टरबाट १२ लाख १ हजार पांँचसय रुपैयांँ राजस्व संकलन गरेको छ । यसैगरी कार्यालयले जीपकारबाट ७९ लाख ३३ हजार रुपैयांँ, ट्रक÷टिपरबाट ६६ लाख ३६ हजार पांँच सय, बस माइक्रोबाट ३५ लाख ६० हजार र टेम्पोबाट २७ लाख २२ हजार पांँच सय रुपैयांँ राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख थापाले चितवनमा गुड्ने सवारीसाधनमध्ये मोटरसाइकलको संख्या बढी भएको र कारवाही पनि यो सवारीसाधनकै बढी हुनाले मोटरसाइकलबाट बढी राजस्व संकलन हुने उनले बताए । ट्र्याक्टरको संख्या र आवागमन पनि कम हुने र विशेषगरी यी सवारीसाधन ग्रामीण क्षेत्रतिर गुड्ने र ट्राफिक प्रहरीको पहुंँच कम हुने हुनाले पनि राजस्व संकलन कम हुने उनको भनाइ छ ।  ३६ हजार ४२२ सवारीसाधन माथि कारबाही  चालू आवको ११ महिनाको अवधिमा कार्यालयले ३६ हजार ४२२ सवारीसाधनलाई कारबाही गरेको छ । यीमध्ये सबैभन्दा बढी १० हजार ६०३ मोटरसाइकल चालक बढी कारबाहीमा परेका छन् भने सबैभन्दा सबैभन्दा कम एक हजार ३९४   ट्र्याक्टर चालक कारबाहीमा परेका छन् । कार्यालयका अनुसार यस अवधिमा कारबाहीमा  ९ हजार १ सय ९८ जीप, कारचालक, ७ हजार ५सय २९ ट्रक ट्रिप्पर चालक, ४ हजार १सय ४९ वटा बस र माइक्रो र ३ हजार पांँच सय ४९ टेम्पो र अन्य सवारीसाधन चालक रहेका छन् । सवारीसाधन संख्या अनुसार लापरबाही र कारबाही पनि सोही अनुपात बढने भएकोले मोटरसाइकलको बढी र ट्र्याक्टरको कारबाही कम भएको उनले बताए । ‘जिल्लामा मोटरसाइकलबाट बढी लापरबाही, दुर्घटना, घाइते पनि यही सवारीसाधनबाट हुन्छ । कारबाही पनि बढी यसैको हुन्छ,’ उनले भने ।

चितवनमा उद्योग दर्ता गर्नेको संख्यामा तीन गुणाले कमी

जेठ १४, चितवन । चितवनमा गत वैशाख दोस्रो साता पछि गरिएको निषेधाज्ञाका कारण उद्योग दर्ता गर्नेको संख्यामा तीन गुणाले कमी आएको छ ।  घरेलु तथा साना उद्योग कार्यालय, चितवनले दिएको तथ्यांक अनुसार चैत महीनामा सबै उद्योग गरी ३८७ ओटा उद्योग दर्ता भएकोमा वैशाख महीनामा जम्मा १२३ ओटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योग मध्ये सबैभन्दा बढी वन तथा कृषिजन्य उद्योग रहेका छन् । जसअनुसार चैत महीनामा उक्त शीर्षकमा २५६ ओटा उद्योग दर्ता भएका थिए भने वैशाख महीनामा ८७ ओटा उद्योग दर्ता भएका छन् ।  यस्तै चैत महीनामा उत्पादनमुलक उद्योग ५३ ओटा वैशाख महीनामा १३ ओटा, चैत महीनामा सेवामूलक उद्योग ७१ ओटा र पर्यटनमूलक उद्योग ७ ओटा दर्ता भएका थिए भने वैशाख महीनामा सेवामूलक २२ ओटा उद्योग र पर्यटनमूलक उद्योग एउटा मात्र दर्ता भएको छ । दुई महीनामा उर्जामूलक उद्योग, निर्माणमूलक उद्योग र विज्ञान तथा सूचना प्रविधिजन्य उद्योग भने दर्ता भएका छैनन् ।  कार्यालयका लेखाप्रमुख नारायण लम्सालले निषेधाज्ञाले गर्दा नै उद्योग दर्ता गर्नेको संख्यामा न्यून रहेको बताए । ‘कोरोना महामारीको हल्लासँगै वैशाखको पहिलो सातादेखि नै उद्योग दर्ता गर्ने कम हुँदै गएका थिए, उनले भने, वैशाख १६ देखि त निशेधाज्ञा नै जारी भयो ।’ गतसाल भएको कोभिड महामारीको समयमा भन्दा यसपटक उद्योग दर्ता गर्नेको संख्या उल्लेख्य रहेको उनको भनाइ छ ।  अनुदानले गर्दा वनतथा कृषिजन्य उद्योगमा आकर्षण   कार्यालयमा सबै शीर्षकभन्दा बढी वन तथा कृषिजन्य उद्योगमा आकर्षण बढेको पाईएको छ । ‘कृषि क्षेत्र सरकारको प्राथमिकता परेको क्षेत्र पनि भयो, लेखा अधिकृत लम्सालले भने, यो क्षेत्रमा अनुदान र सहुलियत व्याजदर पनि उपलब्ध छ ।’ चितवन कृषि क्षेत्रको हब भएको र उत्पादन र प्रशस्त संभावना रहेकोले पनि यस शीर्षकमा बढी उद्योग दर्ता हुने गरेको उनले बताए । कार्यालयले उद्योगबाट चालू आर्थिक वर्ष वैैशाखसम्ममा ८ करोडभन्दा बढी राजस्व संकलन गरिसकेको छ ।  ‘यो आवमा ८ करोड संकलन गर्ने अनुमान थियो, अहिलेनै ८ करोड नाघिसकेको छ, उनले भने, निशेधाज्ञा नभएको भए असार मसान्त सम्म १० करोड पुग्थ्यो ।’ अबका दिनमा निषेधाज्ञा खुकुलो भएपनि उद्योग दर्ता गर्नेको संख्यामा उत्साह नहुने उनको भनाइ छ । ‘चालू आर्थिक वर्ष सकिने बेला पनि भयो, उनले भने, असारमा क्लोजिङ शुरु हुने हुँदा बैंकले ऋण प्रवाहमा पनि कडाई गर्छन् ।’ हाल यस कार्यालयबाट ५ लाख देखि पाँच करोड पूँजी भएका उद्योग दर्ता हुँदै आएका छन् । कार्यालयले उद्योग दर्ता गरेबापत न्यूनतम १२ हजार १०० रुपैयाँ राजस्व लिने गरेको छ ।

सार्वजनिक यातायात बन्द भएपछि चितवनमा हवाईयात्रुको चाप बढ्यो

वैशाख १८, चितवन ।  चितवनमा बिहीवार रातीदेखि गरिएको निशेधाज्ञाका कारण सार्वजनिक तथा नीजि सवारीसाधन चल्न बन्द भएपछि हवाई यात्रुको चाप भने क्रमशः बढेको छ । यात्रुहरुलाई लामो तथा छोटो दुरीका लागि यात्रा गर्ने कुनैपनि विकल्प नभएपछि यसको प्रभाव हवाईउडानमा परेको हो । निशेषाज्ञाको शुरुवाती क्षणमा हवाईयात्रुको चाप न्यून पाइएपनि हालका दिनहरुमा भने हवाईयात्रुहरुको संख्या बढदै गएको भरतपुर विमानस्थलले जानकारी दिएको छ ।  हाल यो विमानस्थलबाट बुद्ध र यतिले काठमाडौं, पोखरा उडान गर्दै आइरहेका छन । बुद्ध एयरका भरतपुर शाखाका सहायक प्रबन्धक राजन अधिकारी सवारी साधनको अन्य विकल्प नहुँदा पनि  हवाईयात्रुको स्वतः बढ्ने बताउँछन् । ‘मानिसको लागि पैसाभन्दा पनि  स्वास्थ्य र काम महत्वपूर्ण भयो’, उनले भने, ‘यस्तो जोखिमको बेला सार्वजनिक यातायात भन्दा उडान बढी सुरक्षित हुन्छ । विकल्प पनि त छन् ।’  निशेधाज्ञाको केही दिन अघि र पछिल्लो दिन हवाईयात्रुको संख्या ज्यादै न्यून हुँदा आधाभन्दा कम भाडामा यात्रुहरु उडान गर्नुपरेको थियो ।  उनका अनुसार काठमाडौं जाने यात्रुको तुलनामा भरतपुर आउने यात्रुको चाप बढी छ । बिशेषगरी भरतपुरबाट काठमाडौं जाने यात्रुमध्ये अधिकांश विदेश जाने, तथा काठमाडौंका सरकारी निकायहरुमा अत्यावश्यक काम परेका  यात्रु बढी भएको र भरतपुर आउने यात्रुहरुमा घर फर्किने यात्रु बढी भएको उनले बताए ।  अन्य सार्वजनिक स्थल, सडक, बजार सुनसान देखिएपनि भरतपुर एयरपोर्टमा भने यात्रुहरुको आगमन बाक्लै देखिएको छ भने क्षण क्षणमै विमान उडान र अवतरण गरिरहेका छन । यात्रुको चाप बढ्दै गएपछि बुकिङ्ग गर्ने क्रम पनि बढ्दै गएको छ । यति एयरलाइन्स भरतपुरका प्रबन्धक अनुप ढकाल केही दिन अघिसम्म यात्रुहरुको गतिविधि न्यून भएपनि पछिल्ला दिनहरुमा भने बढ्दै गएको बताए । ‘हिजोभन्दा आज राम्रो छ, बुकिङ्ग को चाप पनि उस्तै छ’, ढकालले भने । बिशेषगरी अत्यावश्यक काम र निशेधाज्ञा भएपछि घर फर्कर्ने यात्रुको चाप बढी भएको उनले बताए ।  उनका अनुसार एकहप्ता भन्दा बढी बुकिङ्ग भइसकेको उनको भनाइ छ । हुनत नीजि तथा सार्वजनिक यातायातभन्दा हवाई उडानमा कोरोनाको जोखिम कम हुन्छ । साथै हवाईयात्राबाट बढी सुरक्षित र छिटो गन्तव्य स्थानमा पुग्ने भएकोले पनि यात्रुहरुको रोजाईमा हवाई उडान परेको हो ।  विमानस्थल प्रमुख योगेन्द्र कुवँर विमानस्थल क्षेत्र स्वास्थ्य सुरक्षा र अन्य सुरक्षाको हिसाबले बढी संवेदनशील र सुरक्षित रहेकोले पनि हवाई उडानप्रति विश्वास बढेको बताउँछन् । ‘शुक्रवार ६ ओटा मात्र उडान भएको थियो शनिवार आठ ओटा उडानले पनि थेग्न सक्ने अवस्था छैन’, उनले भने, ‘अर्को कुरा  हामीले गतबर्षकै जस्तै सेनिटाइजर, मास्क, थर्मोगन, फेस शिल्ड सबै किसिमका स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाई गरेका छौं ।’  यात्रुहरुको चाप बढ्दै जांँदा विमानस्थलमा यात्रु बाहेक अन्य व्यक्ति प्रवेशमा रोक लगाईएको र  विमानस्थलका  संयन्त्रलाई  थप संवेदनशील र सक्रिय पारिएको उनको भनाई छ । विमानस्थलमा हरेक व्यक्तिको स्वास्थ्य परीक्षण विवरण राखिने गरेको र शंकास्पद यात्रुलाई आईसोलेशनमा थप परीक्षणको लागि राख्ने गरिएको छ ।  गत वर्ष निशेधाज्ञा र लकडाउनको समयमा देशभर  नीजि सवारीसाधन र अन्य व्यक्तिहरुले सवारी पासको प्रयोग गरेर गन्तव्यमा पुग्ने गरेका थिए । तर हाल गृह मन्त्रालयले  कुनैपनि सवारी पास जारी नगर्नका लागि  मातहतका जिल्ला प्रशासन कार्यालयलाई आदेश जारी गरेका कारण पनि हवाई यात्रुको चाप अप्रत्यासित रुपमा  बढेको हो ।

चितवनमा प्रशासनको थप कडाई, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन निर्देशन

भरतपुर। चितवनमा लकडाउनलाई थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार एक सूचना जारी गर्दै अत्यावश्यक