काठमाडौँ। काठमाडौँमा थुप्रिएको फोहोर प्रहरी बल प्रयोग गरेर बञ्चरेडाँडामा फाल्न थालिएको छ। सोमबार राति भएको सहमतिमा पनि स्थानीवासीले चित्त नबुझाएपछि प्रहरी बल प्रयोग गरेर फोहोर फाल्न थालिएको हो।
फोहोरको गाडीको दायाँ–बायाँ तथा अगाडि–पछाडि प्रहरी तैनाथ गरेर बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसाल्न थालिएको हो।