२५ अस्पताललाई तीन/तीन करोड

काठमाडौं। अर्थमन्त्रालयले देशका २५ अस्पताललाई तीन/तीन करोड रुपैयाँ दिने भएको छ। कोभिड–१९ विरुद्धको उपचारका लागि मन्त्रालयले २५ जिल्लाका अस्पताललाई प्रति अस्पताल ३ करोडका दरले रकम दिने भएको हो। ती अस्पतालले उक्त रकम कोभिडविरुद्धको उपचारका लागि चाहिने स्वास्थ्य सामाग्री र उपकरण किन्नुनपर्ने छ।

सम्बन्धित सामग्री

कोरोना रोकथाम र उपचारका लागि ६ अस्पताललाई साढे दुई करोड

मकवानपुर : बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न ६ अस्पताललाई कोभिड–१९ संक्रमण रोकथाम र उपचारका लागि दुई करोड ५५ लाख रुर्पैयाँ उपलब्ध गराउने भएको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत उक्त रकम उपलब्ध गराउने भएको हो। निर्णयानुसार दोलखाको सिङ्गटी अस्पताललाई २० लाख, धुलिखेल अस्पताल मातहत नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई

जनकपुरधाम अस्पताललाई १९ करोड बजेट

काठमाडौं। प्रदेश २ सरकारले प्रदेश अस्पताल जनकपुरधामलाई १९ करोड बजेट छुट्याएको छ। सरकारले अस्पताललाई सुविधासम्पन्न बनाउन र उपचारका लागि चाहिने आवश्यक स्वास्थ्य उपकरण किन्नका लागि उक्त रकम विनियोजन गरेको हो।

सल्यान अस्पताललाई डेढ करोड

काठमाडौं। कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने अक्सिजनको प्लान्ट स्थापना गर्न सरकारले सल्यान अस्पताललाई १ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ। उपप्रधानमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अस्पताललाई रकम छुट्टयाएका हुन्।

भक्तपुर अस्पताललाई १२ करोड

काठमाडौं। सरकारले कोरोना नियन्त्रणका लािग भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयले बिहीबार अस्पताललाई सो रकम दिने निर्णय गरेको हो। कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारका लागि उक्त रकम छुट्याएको मन्त्रालयले बताएको छ।

४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ

काठमाडौं। अर्थमन्त्रालयले आइसीयु र भेन्टिलेटरको थप व्यवस्था गर्न ४१ वटा अस्पताललाई बजेट सुनिश्चित गरेको छ। मन्त्रालयले ती अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ बजेट छुट्याएको हो। देशभरका विभिन्न जिल्लाका जिल्ला अस्पताले उक्त बजेट पाएको अर्थमन्त्रालयले जानकारी दिएको छ।

यी अस्पताललाई दिइयो ८ करोड

काठमाडौं। सरकारले कोरोना नियन्त्रण गर्न विभिन्न १२ अस्पताललाई ८ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ। जसअन्तर्गत त्रिवि शिक्षण अस्पताल र संखुवासभा अस्पताललाई ८०/८० लाख छुट्याइएको छ। यस्तै चौतारा, दैलेख, धनकुटा, जलेश्वर, इलाम, रामेछाप, रुकुम पश्चिम, र टिकापुर अस्पताललाई समान ७५/७५ लाख छुट्याइएको छ। यसैगरी ओखलढङ्गा र ब्यास अस्पतालले २५/२५ लाख पाएका छन्।

दोलखाका दुई अस्पताललाई २ करोड ३५ लाख बजेट

काठमाडौं। अर्थ मन्त्रालयले दोलखाका दुई अस्पताललाई कोरोना नियन्त्रणका लागि बजेट छुट्याएको छ। आज मन्त्रालयले चरिकोट अस्पताल र जिरी अस्पताललाई २ करोड ३५ लाख रूपैयाँ बजेट छुट्याएको हो। मन्त्रालयले चरिकोट अस्पताललाई १ करोड ५५ लाख र जिरी अस्पताललाई ८० लाख रूपैयाँ छुट्याएको जानकारी दिएको छ।

पाटन अस्पताललाई गोल्छा समूहको एक करोड

काठमाडौं। पाटन अस्पताललाई गोल्छा समूहले एक करोड रुपैयाँ दिएको छ। कोरोना महामारीविरुद्ध लड्न गोल्छा समूहले उक्त रकम दिएको अध्यक्ष शेखर गोल्छाले बताएका छन्। उनले कोरोना महामारीविरुद्ध मिलेर लड्न सानो सहयोग गरेको बताए। उक्त रकमले पाटन अस्पताललाई चाहिने आवश्यक स्वास्थ्य सामाग्री खरिद गरिने बताइएको छ।

पाटन अस्पताललाई गोल्छा समूहको एक करोड

काठमाडौं। पाटन अस्पताललाई गोल्छा समूहले एक करोड रुपैयाँ दिएको छ। कोरोना महामारीविरुद्ध लड्न गोल्छा समूहले उक्त रकम दिएको अध्यक्ष शेखर गोल्छाले बताएका छन्। उनले कोरोना महामारीविरुद्ध मिलेर लड्न सानो सहयोग गरेको बताए। उक्त रकमले पाटन अस्पताललाई चाहिने आवश्यक स्वास्थ्य सामाग्री खरिद गरिने बताइएको छ।

दोस्रो लहरसँग लड्न अस्पताललाई दिइयो ८ करोड

काठमाडौं। कोरोनाको दोस्रो लहर फैलिएसँगै सरकारले अस्पताहरूलाई ८ करोड २५ लाख रूपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयले मुख्य सचिवलाई दिएको जानकारीअनुसार सात प्रादेशिक अस्पताललाई र १८ केन्द्रीय अस्पताललाई गरी उक्त रकम पठाइएको हो। प्रादेशिक अस्पताललाई ३ करोड ३० लाख र केन्द्रीय अस्पताललाई ४ करोड ९५ लाख रकमान्तर गरिएको हो।