१, धर्मका दश लक्षण हुन्छन्, जसमा धैर्य, क्षमा, आत्म संयम, चोरी नगर्नु, शौच (स्वच्छता), इन्द्रियलाई वशमा राख्नु, बुद्धि, विद्या, सत्य र अक्रोध (नरिसाउनु) पर्छन् । –मनुस्मृति२, धर्मको सार भनेकै अरुको जे जस्तो बोली, वचन र व्यवहार आफूलाई मन पर्दैन त्यस्तो बोली, वचन र व्यवहार अरुमाथि पनि नगर्नु हो । –महाभारत३, धर्मले हमेशा कुमार्गमा लागेकालाई सुमार्गमा ल्याउने र कुमार्गमा लाग्न खोज्नेलाई लाग्न नदिने काम गरेको हुन्छ । –श्रीराम शर्मा आचार्य४, धर्म भनेको त्यस्तो सङ्कल्प हो, जसमा