त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध एमालेकी सांसद सुनिता बरालले संसद्मा आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद बरालले नेविसंघ कार्यकर्ताविरुद्धको ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिने मुद्दा सरकारको निर्णयको आलोचना गरेकी हुन् ।