तमोर कोरिडोर सडक सञ्चालनमा

निरन्तर वर्षाका कारण नावा खोला र छरुवा खोलामा बाढी आएसँगै बिहीबार बिहानैदेखि अवरुद्ध बनेको तमोर कोरिडोर सडकको धनकुटा–पाँचथर भने सञ्चालनमा आएको छ ।

सम्बन्धित सामग्री

तमोर कोरिडोर सडक

सुनसरीको चतरादेखि ताप्लेजुङको ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर सडक । यो सडक बनेपछि ताप्लेजुङदेखि तराई झर्ने दूरी र समय सात घण्टा छोटिएको छ ।

चीनसँग जोडियो तमोर कोरिडोर

निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको छ ।

तमोर कोरिडोर निर्माणमा बजेट अभाव

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको चतारा–मुलघाट–गणेशचोक सडक (तमोर कोरिडोर)को कालोपत्रे बजेट अभावका कारण प्रभावित भएको छ । पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो यो सडक १ सय ५५ किलोमिटर मात्रै छ ।

तमोर कोरिडोर कालोपत्रेको काम अघि बढ्यो

पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने छोटो सडकको रुपमा लिइएको चतरा–मुलघाट–गणेशचोक सडक (तमोर कोरिडोर) कालोपत्रे गर्ने काम अघि बढेको छ ।

सहज बन्दै तमोर कोरिडोर

केही वर्षअघिसम्म तमोर नदी आसपासका बासिन्दालाई यातायातको सुविधा लिन निकै मुस्किल थियो। यातायात चढ्नैपर्ने अवस्था आए घण्टाैँ लगाएर मेची र कोसी राजमार्ग पुग्नुपथ्र्यो। यो क्षेत्रका बासिन्दा दैनिक उपभोग्यलगायतका सामग्री घण्टाैँ लगाएर बोकेरै जोहो गर्ने गरेकामा अब भने अवस्था फेरिएको छ। तमोर कोरिडोर सडकमा सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै सहज भएको छ।

तमोर नदीर र तमोर कोरिडोर

फुङ्लिङ। पाँचथरको हिलिहाङ गाउँपालिका९५ सुभाङबाट देखिएको तमोर नदी र तमोर कोरिडोर सडक। नेपाल, भारत र चीनलाई सडक सञ्जालले जोड्ने तमोर कोरिडोर राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको छ।

तमोर कोरिडोर बन्ने

काठमाडौँ,१७ जेठ । सरकारले राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरका लागि आवश्यक बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गर्नुभएको बजेटमा उक्त करिडोरका लागि प्राथमिकतामा राखी आवश्यक रकमको व्यवस्था गरिएको हो । चीन र भारतलाई जोड्न कोरिडोर नेपालको अन्तिम बस्ती तथा चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलामा अहिले […]

तमोर कोरिडोर निर्माण द्रुत गतिमा

ताप्लेजुङ । राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर निर्माण द्रुत गतिमा भइरहेको छ । कोरिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ गोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए । ‘चीनको रिउ बजारसँग कोरिडोर जोडिनेछ,’ टिप्ताला नाकादेखि ओलाङचुङगोला हुँदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्र्याक दुई वर्षअघि नै खोल्ने काम भइसकेको छ ।’ सुनसरीको चतरादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको ओलाङ्चुङगोलाको सुकेपानीसम्म कोरिडोर निर्माण गरिएको छ । भारत र चीनसँग सडक सञ्जालले जोड्ने आयोजनाका सूचना अधिकारी माधव पौडेलले बताए । सुनसरीको चतरादेखि ओलाङ्चुङगोलासम्म उक्त कोरिडोर २३० किलोमिटर लामो छ । ओलाङ्चुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर कोरिडोरको कूल लम्बाइ २५४ किलोमिटर रहेको छ । जोगवनी नाकादेखि चतराको लम्बाइ ६० किलोमिटर छ । ‘कोरिडोरको ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ,’ पौडेलले भने । धनकुटाको मूलघाटबाट तमोर कोरिडोर खन्न शुरू गरिएको हो । ओलाङ्चुङगोलामा ३०० मिटर ट्र्याक निर्माण सकिएको छ । तमोर कोरिडोरअन्तर्गत हाल धनकुटा, पाँचथर र ताप्लेजुङमा काम भइरहेको छ । सो खण्डमा १० पुल निर्माणाधीन अवस्थामा छन् । सुकेपानीदेखि गैरीपाटीसम्मको तीन किलोमिटर क्षेत्रमा मात्र काम बाँकी छ । तमोर कोरिडोर निर्माण २०६५ सालमा थालिएको हो । सडक उपभोक्ता समिति गठन गरी निर्माण प्रारम्भ भएको हो । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको हो । सडक निर्माणमा हालसम्म ४० करोड २० लाख खर्च भएको आयोजनाले बताएको छ । सडकले नेपाललाई भारतको जोगवनी र चीनको तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग जोड्नेछ । रासस

तस्वीर : राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ इला डाँडाखण्डमा राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर सडकको ग्याबिन वाल बनाउँदै मजदूर । कोरिडोरमार्फत नेपाल र चीन सडक सञ्जाल जोडिन तीन किलोमिटर मात्र बाँकी रहेकोे छ । तस्वीर : रासस

तमोर कोरिडोर निर्माण स्थगित

ताप्लेजुङ । दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरको निर्माण स्थगित भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडासम्म निर्माण भएको कोरिडोर कोभिडका कारण आवश्यक सामग्री ढुवानीमा समस्या भएपछि गत हप्तादेखि रोकिएको हो ।       निषेधाज्ञा लागू भएपछि आवश्यक सामग्री ल्याउन नसकिएकाले निर्माण स्थगित गरिएको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताए । ‘सातओटा एक्स्क्याभेटरले ट्र्याक खोल्ने कार्य गर्दै आएकोमा बिर्तामोडबाट डिजेल ढुवानी गर्न समस्या भएपछि स्थगित गर्नुपरेको हो,’ उनले भने । तमोर कोरिडरमा चार किलोमिटर ट्याक खुल्न बाँकी रहेको उत्तर–दक्षिण लोकमार्गका सूचना अधिकारी तथा इन्जिनीयर माधव पौडेलले बताए । विस्फोटक पदार्थको प्रयोगले कडा चट्टान फोरेर ट्र्याक खोलिएको छ । रासस