तमोर कोरिडोर निर्माणमा बजेट अभाव

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको चतारा–मुलघाट–गणेशचोक सडक (तमोर कोरिडोर)को कालोपत्रे बजेट अभावका कारण प्रभावित भएको छ । पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो यो सडक १ सय ५५ किलोमिटर मात्रै छ ।

सम्बन्धित सामग्री

बजेट अभावले कोरिडोरको काम रोकिँदै

निर्माणाधीन तमोर कोरिडोरका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नहुँदा काम बिचमा नै छोड्नु परेको छ । द्रुत गतिमा काम अगाडि बढिरहेको यस कोरिडोरका लागि चालु आवमा ५८ करोड रुपियाँ मात्र विनियोजन भएको थियो । त्यसमध्ये पुस मसान्तसम्ममा करिब ४० करोड रुपियाँ खर्च भइसकेको छ । पुसयता पनि २५ करोडभन्दा बढीको काम भइसकेको छ । रकम भने १८ करोड रुपियाँमा मात्र बाँकी रहेको तमोर कोरिडोर आयोजना प्रमुख प्रदीप निरौला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजेट अभाव भएकाले काम नै रोकिने अवस्थामा पुगेको छ ।”