फोर्ब्सले सार्वजनिक गरेको विश्वका २ हजार ६ सय ४० अर्बपतिको समग्र सम्पत्ति मूल्य सन् २०२३ मा ५ खर्ब डलरले झरेर १२२ खर्ब डलर (१२.२ ट्रिलियन) भएको छ । यसमा पनि ‘बिग टेक बिग लसेस’ अर्थात् ठूला प्रविधिले पछिल्ला वर्षमा बेहोर्दै आएको अधिक घाटाको प्रवृत्तिले यसपालि पनि निरन्तरता पाएको छ ।