काठमाडौं : रुसको आक्रमणका क्रममा आफ्ना ९ हजार सैनिकहरु मारिएको युक्रेनले बताएको छ। युक्रेनका कमाण्डर–इन–चीफ जनरल भ्यालेरी जालुज्नीले रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९ हजार युक्रेनी सैनिकहरू मारिएको बताएका छन्। उनले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन्। उनका अनुसार थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा रहेको र ती मध्ये कतिपय मारिएका छन्। बालबालिकाको पालनपोषण र शिक्षादिक्षामा गम्भीर समस्या देखिए