लण्डन। अभिनेता, निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका छन्। लामो समयदेखि बेलायत बस्दै आएका जोशीले हेल्प नेपाल नेटवर्कले धुलीखेलमा संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना साथीहरुका साथमा गत शुक्रबार बिहान लण्डन ब्रिजबाट ‘लण्डन टु पेरिस च्यारिटी राइड’ सुरु गरेका थिए।