एकल महिलालाई वडाको साथ र सहयाेग

उर्लाबारी- विभिन्न कारणले समाजमा एकल जिवन बिताइरहेका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ एकल महिलालाई सहयोग गरेको छ । वडा नं २ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १३ एकल महिलालाई बाख्राका पाठापाठी वितरण गरेको हो । वडाले ‘लक्षित वर्ग उत्थान कार्यक्रम’अन्तर्गत आम्दानीको स्रोत नभएका एकल महिलाका लागि घरमै […]

सम्बन्धित सामग्री

एकल उत्पादन र सामूहिक व्यवस्थापनमा सहयाेग गर्न सरकारसँग किसानको माग

धनकुटा । धनकुटाका किसान तथा सहकारी संस्थाका प्रतिनिधिहरुले एकल उत्पादन र सामूहिक व्यवस्थापनमा सहयाेग गर्न सरकारसँग माग गरेका छन् । धनकुटामा आयोजित तरकारी बजार संचालन कार्यविधि माथिकाे छलफलमा बोल्दै उनीहरुले सामूहिक बजारीकरणका लागि संस्थागत संरचना तयार नहुँदा आफूहरु सधै ठगिने गरेको गुनासो गरेका हुन् । बिचौलियाका कारण तरकारी, फलफूल तथा दूध उत्पादक किसानले उत्पादनको लागत […]

चिसोबाट जाेगाउन वडा कार्यालयले बाँड्याे सिरक

बाक्लो हुस्सु र चिसो हावाका कारण अत्यधिक चिसो बढेपछि उदयपुरको त्रियुगा नगरपालिका- १ ले ९० दलित, विपन्न तथा एकल महिलालाई सिरक वितरण गरेको छ । त्रियुगा नगरपालिका-१ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई एक/एक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको हाे ।वडाध्यक्ष मनोजकुमार चौधरीले बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि सहयाेग गरिएकाे बताए ।उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ ।