काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका महिला फोहर वस्तु पुनः प्रयोग गरी आर्थिक लाभ लिन थालेका छन् ।
उनीहरूलाई आयआर्जन गर्ने विधि सिकाएर आम्दानीको बाटो देखाउने काम शुरू भएको छ ।
नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहरलाई ‘मोहर’ बनाउने अभियानअनुरूप महिलालाई त्यससम्बन्धी तालिम प्रदान गरेको छ । घर तथा टोलमा फालिएका प्लास्टिकबाट सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेपछि अहिले नगरभित्रका १८ महिला सो तालिम लिइरहेका छन् ।
‘हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार’ नारासहित नगर...