काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न ठाउँमा पुगेर निरीक्षण तथा व्यवस्थापन पक्षबारे जानकारी लिनुभएको हो ।
मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा, विश्वरुपा मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठमन्दिर, स्तूपा, सत्तललगायतको अवलोकन गर्नुभएको हो ।
अवलोकन तथा निरीक्षणपछि उहाँले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभएको छ । उहाँले भक्...