काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा सत्ता गठबन्धनबीच भागबण्डा नमिल्दा कार्यदलको बैठक निष्कर्षविना टुंगिएको छ । पाँचौं पटकसम्म बसेको बैठकमा दलहरूले आ–आफ्ना अडान नछाडेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो।अन्तिम पटक आइतबार बसेको बैठकबाट पनि दलहरूबीच कुनै सहमति जुट्न नसकेपछि एक्लाएक्लै चुनाव लड्ने अवस्थामा पुगेका छन्। नेपाली कांग्रेसले ठूलो भाग खोजेपछि सहमति जुट्न नसकेको नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका नेताहरूको आरोप छ।माओवादी केन्द्रका काभ्रेपलाञ्चोकका सचिव दैवलाल घिसिङ