सत्ता गठबन्धन दलले अवरुद्ध हुँदै आएको संसद खुलाउनका लागि एमालेसँग वार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक अगाडि बसेको सत्तारूढ दलको बैठकले एमालेलाई सहमतिमा ल्याउने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो । संसदको गतिरोध अन्त्य गर्न तथा एमसीसी परियोजनाबारे भएको छलफलका क्रममा देउवालाई सो जिम्मेवारी दिइएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । सत्ता गठबन्धन दलको बैठकमा