सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी मङ्सिर ४ मा हुने आम चुनावमा गठबन्धन गरेर जानुको औचित्य के हो भनेर साझा धारणा बनाउनका लागि शीर्ष नेतृत्वले …