कोरोना महामारीपछि थलिएको लुम्बिनी र आसपासको पर्यटन प्रवर्द्धन गर्न रुपन्देहीका पर्यटन व्यवसायीको टोली मंगलबार श्रीलंका प्रस्थान गरेको छ । कोरोना महामारी अगाडि लुम्बिनी अवलोकनका लागि श्रीलंकन नागरिक धेरै आउने गरेका थिए । पछिल्लो समय संख्यामा गिरावट आएपछि चिन्तित पर्यटन व्यावसायी प्रचार प्रसार कार्यक्रम लिएर श्रीलंका गएका हुन् ।