कास्की – पोखराको पर्यटन प्रवर्द्धन गर्न युवाहरूको 'डुलुवा' समूह एक महिने भारत यात्रामा निस्केको छ । यस अगाडि नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूह पहिलो पटक विदेशमा पर्यटन प्रवर्द्धन गर्न निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवा प्रवर्द्धनका लागि भारतका विभिन्न सहर हुँदै लद्दाखसम्मको यात्रामा निस्केका हुन् ।
पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तव्यकाे प्रवर्द्धन गर्दै टोलीले नेपालको महेन्द्रनगर, भारतको अमृतसर, कश्मीर, कार्गिल, लद्दाख, मनाली, सिम्ला, देहरादून, नैनीताल, हलपुर हुँद...