राष्ट्रिय महिला आयोगले महिला हिंसा न्यूनीकरणका लागि तेस्रो रणनीतिक योजना बनाइरहेको छ । आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा आफ्नै भवन निर्माण गर्ने, महिला हकहित र अधिकारको संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा आयोगलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्नेलगायतका बुँदा योजनामा समेटिएको जानकारी दिइयो । नेपाल सरकारका पूर्वसहसचिव डा. तीर्थ ढकालले महिला हकहित र अधिकारसम्बन्धी नीति तथा कानुनको तर्जुमा, परिमार्जन एवं कार्यान्वयनको सन्दर्भमा अनुगमन गर्नुपर्ने बताउनुभयो ।