राष्ट्रिय महिला आयोग संवैधानिक आयोगमध्येको एक हो । संविधान बनेपछि यो आयोग चार वर्षसम्म पदाधिकारीविहीन रह्यो । पूर्ववर्ती ओली सरकारले आफ्नो कार्यकालको अन्तिम घडीतिर आइपुग्दा ०७७ माघ २१ गते आयोगको अध्यक्षमा एमाले नेतृ कमलाकुमारी पराजुली नियुक्त भइन् ।पराजुलीसँगै आयोगका सदस्यहरूमा ओली सरकारले कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हालाई नियुक्त गर्यो । गत असार १० गते आयोगका बाँकी सदस्यमा जया घिमिरे र सावित्रा कुमारी शर्मा थपिए । अहिले महिला आयोगमा ५ पदाधिकारीहरू त छन् तर, अध्यादेशमार