नियो–क्लासिकल घर निर्माणको योजना बनाउँदै हुनुहुन्छ ?

काठमाडौं । कुनै समय काठका घरबाट पत्थरका घर र पत्थरका घरबाट आधुनिक पक्की घर बनाउने होडबाजी नै चलेको थियो । त्यही होडबाजीअनुरूप पुराना डिजाइन क्रमशः नासिँदै गए र नयाँ डिजाइनका घरले अधिपत्य जनाए । तर, पछिल्लो समय भने घर निर्माण गर्दा नयाँ प्रयोगका रूपमा पुरानो डिजाइनलाई त्यत्तिकै महत्व दिइएको पाइन्छ । यसरी गरिने पुरानो डिजाइनलाई नियोक्लासिकल डिजाइन भनिन्छ । विशेषगरी राणा र शाहकालीन दरबार यस डिजाइनअन्तर्गत पर्छन् । १८ औं र १९ औं शताब्दीमा युरोपमा यस्तो डिजाइनका केही दरबार बनेकामा चाँडै यसले विश्वभर आफ्नो प्रभुत्व जमाएको थियो । राणा र शाहकालमा बनेका दरबार यही डिजाइन पछ्याएर बनाइएको हो । अहिलेको सिंहदरबार, नारायणहिटी संग्रहालयलगायत दरबार र अन्नपूर्ण, याक एन्ड यती, सोल्टीलगायतका होटलको डिजाइन पनि यसैअन्तर्गत निर्माण गरिएको छ । यद्यपि, निजी आवासका लागि यस्तो डिजाइनको प्रयोग हुन थालेको भने खासै लामो समय भएको छैन । तपाईं पनि यस्ता डिजाइनको घर निर्माण गर्दै हुनुहुन्छ भने केही विषयमा जानकार हुनैपर्छ । सर्वप्रथम त सामान्य डिजाइनभन्दा यसको डिजाइन महँगो पर्छ । यसैगरी यस्तो घर सानो जग्गामा बनाएर हुँदैन । घर बनाउन कम्तीमा १० आना जमिन आवश्यक पर्दछ । घर बनाइसकेपछि अगाडि बगैंचा बनाउन पनि त्यत्तिकै आवश्यक हुन्छ । बगैंचाले घरको सौन्दर्य थप्छ । त्यस कारण यस्ता संरचनाका लागि फराकिलो ठाउँ अनिवार्य हुन्छ । अर्को ध्यान दिनुपर्ने काठमाडौंलगायतका सहरमा यस्तो घर बनाउन मुस्किल हुन्छ । घर बनिसकेपछि पनि धुलो, धुवाँ र वरिपरिको वातावरणले त्यसलाई प्रभाव पार्छ ।  त्यसैले यस्ता सहरमा घर बनाउँदा फराकिलो स्थानको छनोट गर्न आवश्यक छ । नियो–क्लासिकल डिजाइन अलिकति भिन्न हुन्छ र यो सदाबहार पनि हो । यो हेर्दा आकर्षक देखिन्छ भने विलासिताको अनुभूति दिन्छ । यस्तो घर निर्माण गर्दा जग्गाको छनोटपछि सबैभन्दा बढी ध्यान दिनुपर्ने डिजाइनमै हो । त्यस कारण तपाईंले निर्माण गर्न चाहेअनुसार डिजाइन इन्जिनियरलाई बताउनुहोस् । डिजाइनको काम सकिएपछि ठेकेदार छनोटमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । भिन्टेज डिजाइनको राम्रो ज्ञान भएको व्यक्तिलाई ठेकेदारका रूपमा छनोट गर्न आवश्यक हुन्छ । डिजाइनको काम सकिएपछि तपाईंले निर्माणका क्रममा खासै बढी समय दिनुपर्दैन । तर, डिजाइनकर्तासँग छलफल गरेर तिनको सुझावअनुसार घरलाई आवश्यक सामग्री जुटाउने काम गर्नुहोस् । भर्‍याङ, फ्रेमवर्क, आर्किटेक्चर र स्ट्रक्चर डिजाइन, पाइप फिटिङ गर्दा आधुनिक सामानलाई पुरानो डिजाइनअनुरूप बुट्टा भर्न लगाउनुहोस् । यसैगरी बत्ती, कार्पेट, फर्निचर, पर्दा, टेबल, कुर्सी, दराज, पर्दा, ऐनालगायत सामग्री छान्दा पुराना दिन सम्झाउने गरी छनोट गरेर तिनलाई व्यवस्थापन गर्दा कहाँ राख्दा बढी आकर्षक देखिन्छ भन्ने बुझाइ फराकिलो हुन सक्छ । यस्ता सामग्री सकभर अधिकांश काठका छनोट गर्नुहोस् र तिनमा बुट्टा, डिजाइन पनि त्यसैअनुरूप गर्नुहोस् । यसपछि तपाईंको घर तयार हुन्छ । घरमा रंग लगाउँदा सकभर सेतो नै छनोट गर्दा उत्तम हुन्छ । ध्यान दिनुहोस्, घरको सजावट गर्दा अनावश्यक र नयाँ आधुनिक देखिने सामग्री भने नथुपार्नुहोस् । निर्माण भइसकेपछि अत्यावश्यक कुरा भनेको बेलाबेला गर्नुपर्ने मर्मतसम्भार नै हो । मर्मतसम्भार गरिएन भने घरको डिजाइन बिग्रिएर नियो–क्लासिकल सौन्दर्य दिन छाड्छ र पूरा लगानी जोखिममा पर्न सक्छ । (इन्जिनियर निर्पेश तन्डुकारसँगको कुराकानीमा आधारित)

सम्बन्धित सामग्री

‘बन्दै गरेको पक्की घर देख्दा सपनाजस्तो लाग्छ’

सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनी गाउँकी ५५ वर्षीया कुसुम सदाय निर्माणको अन्तिम चरणमा रहेको पक्की घर देख्दा नै फुरुङ्ग छिन्।  दुई छोरा, बुहारी, नाति, नातिनी गरी नौजनाको परिवारले पक्की घरको ओत पाउने...

घर बनाइदिने प्रलोभन देखाएर ठगी

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन् । विदेशी दाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखौं असुल गरी अहिले ती युवा फरार छन् ।रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहिले आफ्नो रकम फिर्ता लिन प्रशासनिक निकाय धाइरहेका छन् ।सम्मरीमाई गाउँपालिका–७ बस्ने मकसुद मुसलमानले कोटहीमाई, सम्मरीमाई तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका एक सयभन्दा बढी स्थानीयलाई ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्य

महानगरले कच्ची घर-टहरा भत्काएपछि सुरु भयो ६ लेन सडक विस्तार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जडीबुटीस्थित सडकबीचका घर-टहरा भत्काएपछि ६ लेन सडक निर्माणको बाटो खुलेको छ ।  महानगरले भत्काएका संरचना हटाइदिएपछि सडक विभागले ६ लेन सडक निर्माणको काम सुरु गरेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सोमबार साँझ सडकको बीचमा भएको कच्ची घर र टहरा भत्काएको थियो ।  सडक विभागका प्रमुख अर्जुनजंङ थापाले […]

‘व्याकुल माइला संग्रहालय’ निर्माणको काम सुरू

ओखलढुंगा । राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई अर्थात् व्याकुल माइलाको जन्मस्थान ओखलढुंगाको हिलेपानीमा जनश्रमदानसहित करिब १ करोड लागतमा संग्रहालय निर्माणको काम थालिएको छ । पैतृक घर तथा ६ रोपनी जग्गा राईले व्याकुल माइला प्रतिष्ठानलाई उपलब्ध गराएपछि संग्रहालय निर्माणको काम थालिएको हो । संग्रहालयका लागि शहरी विकास तथा भवन कार्यालयले अघिल्लो आर्थिक वर्षमा १२ लाख बजेट […]

करिडोर निर्माणको काम रोक्न माग गर्दै नाराबाजी

रुपन्देहीको तिनाउ र दानव नदी किनारमा भइरहेको करिडोर निर्माणको काम रोक्न माग गर्दै बुटवलमा आइतबार नाराबाजी भएको छ । गत वर्षको मंसिर १० गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले करिडोरको शिलान्यास गरेका थिए । अहिले घर–जग्गा व्यवस्थापनको टुङ्गो नलागी काम अघि बढाउँदा सयौं विस्थापित हुने भन्दै आज बुटवल नगरपालिका अगाडि स्थानीयले नाराबाजी गरेका हुन् । करिडोर क्षेत्रभित्रका  घर–टहरा तथा जग्गाका समस्याहरु समाधान  नगरी निमार्ण काम गर्न नहुदै भन्दै आन्दोलनमा आएको संघर्ष समितिका संयोजक आ

जनता आवास कार्यक्रम : मकवानपुर र चितवनमा घर बन्दै

मकवानपुर – गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ । गत आर्थिक वर्ष २०७७-७८ मा ती घर निर्माणको सम्झौता भएको सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाले जनाएको छ । दुई सय घर निर्माणका लागि छनोट भए पनि १९८ घर […]

लिदीका पहिरोपीडितलाई एक वर्षपछि अस्थायी घर

नेपाली सेनाको गोरख बक्स गण र कालिजङ गणले यही स्थानमा अस्थायी आवास निर्माणको काम गरेको हो । अस्थायी घर बनेसँगै टहराको कष्ठकर जीवन अन्त्य भएपछि थानीय दोर्जे दोङ निकै खुसी देखिनुहुन्छ ।

विप्लव नेतृत्वको पार्टीले बनाइदियो विपन्न परिवारलाई नयाँ घर

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले गरिब तथा विपन्न परिवारलाई नयाँ घर निर्माण गरिदिएका छन् । सो पार्टीले लमहीका रुकमान चौधरीको परिवारलाई नयाँ घर बनाइ दिएर हस्तान्तरण गरेको हो । घर निर्माणको काम सकेर पार्टीका नेताहरुले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।लमही नगरपालिका वडा नं ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका चौधरीको जीर्ण घर थियो । त्यो घर भत्काएर विप्लवका नेता कार्यकर्ताले आफैँ श्रमदान गरि नयाँ घर बनाएर दिएका हुन् । घर निर्माणका लागि आवश्यक नगद तथा जिन्सी सामाग

ओलीले शिलान्यास गरेको सन्थाल जातिको एकीकृत बस्ती निर्माणको काम अलपत्र

गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माणको शिलान्यास गरे ।प्रधानमन्त्री र मन्त्रीसहितको जम्बो टोलीको सहभागितामा बस्तीको शिलान्यास गर्दा स्थानीयवासी रमेश सोरेनलाई अब चाँडै चिटिक्क परेको घर पाउने आशा जागेको थियो । तर पाँच महिना अघि शिलान्यास गरेको बस्ती निर्माणको सुरसार अहिलेसम्म हुन नसकेपछि उनलाई आफ्नो घर नबत्रे रहेछ भनेर पीडा हुन थालेको छ ।‘खै ! शिलान्यास अघि तपाईँहरूका लागि यहाँ सरकारले घर ब

सुकुम्वासीलाई लालपुर्जा र घर

सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर प्रदान गर्न विराटनगरमा अभियान थालिएको छ। महानगर आवास परियोजनामार्फत सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर निर्माणको अभियान थालिएको हो।...