'केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ?'

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते नारायणहिटी दरबारअगाडिबाट दिएको चुनौतीको जवाफ प्रचण्डले बुधवार भृकुटीमण्डपबाट दिएका छन् । आजको विरोध सभामा ५ लाख उपस्थिति रहेको दाबी गर्दै प्रचण्डले भने– '​केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ?' उनले आवश्यक परे जनताले बालुवाटार र सिंहदरबार पनि घेर्ने बताए । 'हेर्नुहोला केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौंलाख जनता आउने छन् । जरुरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयो...