महोत्तरीमा मजदुरी गरेको ज्याला माग्दा ठेकेदारले बाँधेर गरे अमानवीय व्यवहार

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका- ६ का एक ठेकेदारले मजदुरलाई बाँधेर निर्घात कुटपिट गरी कालोमोसो दलेर अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । रमजान मनाउन मजदुरी गरेको पैसा मागेपछि ठेकेदार कृष्ण मिश्रले मजदुर मोबारक नदाफलाई अमानवीय व्यवहार गरेका हुन् । काम गरेको पैसा दिन्छु भनेर बोलाएर मजदुर नदाफलाई बांधेर निर्घात कुटपिट गरे र पछि […]

सम्बन्धित सामग्री

कालीकोटका बासिन्दालाई केदारनाथमा मजदुरी गर्न अनिवार्य सिफारिस

कालिकोट, वैशाख २६ । मुलुकमा आर्थिक मन्दीको संकेत बढ्दै जाँदा कर्णाली प्रदेशबाट काम खोज्दै भारत जाने झन थपिँदै गएका छन् । बजेट कटौती र रोजगार बढाउने सरकारी योजना कागजमै सीमित हुँदा कर्णाली प्रदेशका पहाडी क्षेत्रबाट कामको खोजी गर्दै मुग्लान पस्ने क्रम बढेको हो । वर्षौंदेखि ज्याला मजदुरी गर्न भारत जाने गरेका पलाँता–३ का नरेश बम […]

तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्

काठमाडाैँ – तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो । दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिकलगायतका ट्रान्सपोर्ट कम्पनीले […]

रत्नपार्कमा दैनिक ज्याला मजदुरी गर्न जानेहरूको घुइँचो [तस्वीर]

दैनिक ज्याला मजदुरी गर्न कामको खोजीमा रत्नपार्क शान्तीबाटिकामा जम्मा भएको भीड । यहाँ विभिन्न शीप भएका तथा नभएका  मानिसहरू विहान ८ बजेदेखिनै जम्मा हुन्छन् । कामदार चाहिएका ठेकेदार वा रोजगारदाताहरूले यहाँबाट आफूलाई चाहिएका कामदार लैजान्छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

समान काममा समान ज्याला भएन

काठमाडौँ,२७ मँसिर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुलिङटारकी तारा कुमालको दैनिकी बालुवा चाल्ने, इँटा बोक्ने र ढलानका लागि मसला बनाउनमै बित्छ । कुमालले मजदुरी गर्न थालेको पाँच वर्ष भयो । काम नगरे साँझ–बिहानको छाक टार्न मुस्किल पर्छ । तर दिनभरि उस्तै काम पुरुष बराबर गर्दा पनि ज्याला भने कम आउँछ । पुरुष मजदुर सँगै बराबरी […]

दिउँसो ज्याला मजदुरी, राति अध्ययन

मोरङ । विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन् । दिउँसो ज्याला मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम गर्ने र उद्योगमा मजदुरको रूपमा काम गर्नेहरू नै यस विद्यालयका विद्यार्थी हुन् । विद्यालयमा साँझ पाँच बजेदेखि रातिको नौ बजेसम्म पठन पाठन हुने गरेको छ । कक्षा […] The post दिउँसो ज्याला मजदुरी, राति अध्ययन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दिउँसो ज्याला मजदुरी, राति अध्ययन

विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन् । दिउँसो ज्याला मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम गर्ने र उद्योगमा मजदुरको रूपमा काम गर्नेहरू नै यस विद्यालयका विद्यार्थी हुन् । विद्यालयमा साँझ पाँच बजेदेखि रातिको नौ बजेसम्म पठन पाठन हुने गरेको छ । कक्षा पाँचदेखि १० सम्म पढाइ हुने यो रात्रि विद्यालयमा अधिकांश विद्यार्थी १६ वर्षदेखि माथि ५५ वर्षसम्मका छन् । चौहत्तर जना विद्यार्थी रहेको यो विद्यालयमा ४६

आमाले ज्याला मजदुरी गरेर पढाएको छोराले ल्याए कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा

निरन्तर दुःखसँग पौँठेजोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो।...

ठेकेदारको बेइमानीले ज्याला पाएनन् कनका सुन्दरीका मजदुरले

कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डको सिंजा गाउँपालिका – २ घोडेङ्गा गाउँदेखि कनकासुन्दरी गाउँपालिका – ८ रोकायावाडासम्मको सडक खण्डमा काम गरेका मजदुरले  ज्याला  पाएका छैनन् । सिंजा गाउँपालिका १ की मुलकली कामीले ज्याला मजदुरी गरेको ज्याला नपाएको गुनासो गरिन । उनले भनिन् ‘दैनिक पाँच सय रुपियाँ ज्याला दिने भनेर काममा लगाएका हुन् । अहिले काम गरेको दुई बर्ष भयो त्यही पनि दिएका छैनन् ।’उनले अगाडि थपिन्, ‘घरनजिकै आएको विकास निर्माणमा ज्याला मजदुरी गर

दैनिक ज्याला मजदूरी गर्नेलाई निःशुल्क खाना

हेटौंडा। निषेधाज्ञाले संकटमा परेका ज्याला मजदुरी गर्नेलाई रोटरी क्लब अफ मकवानपुरले निःशुल्क खाना खुवाउन थालेको छ। निषेधाज्ञाका कारण विपन्न तथा दैनिक ज्याला मजदूरी गर्ने व्यक्ति भोको बस्न नपरोस् भनी उक्त समुदायलाई लक्ष्य गरी रोटरीले निःशुल्क खाना खुवाउन सुरु गरेको हो। निषेधाज्ञा अवधिभर बिहानको एक छाक निःशुल्क खाना खुवाइने क्लबका अध्यक्ष काविन साङ्गामीले बताए।

मजदुरी गरेको ५ महिनासम्म ज्याला नपाउँदा आर्थिक समस्या

५ महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौं लघु जलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले ५ महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् । गत भदौ १७ गते राति आएको बाढीले जलविद्युत् आयोजनाको नहर र विद्युत् गृहमा ठूलो क्षति पुर्‍याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए । काम सकिएर विद्युत् सञ्चालन भएको ५ महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थ...