मजदुरी गरेको ५ महिनासम्म ज्याला नपाउँदा आर्थिक समस्या

५ महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौं लघु जलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले ५ महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् । गत भदौ १७ गते राति आएको बाढीले जलविद्युत् आयोजनाको नहर र विद्युत् गृहमा ठूलो क्षति पुर्‍याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए । काम सकिएर विद्युत् सञ्चालन भएको ५ महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थ...

सम्बन्धित सामग्री

आर्थिक अभावमा भारतको अस्पतालमा छट्पटाउँदै सल्यानकी तिला

सल्यान : बनगाड कुपिन्डे नगरपालिका–३ बाँझकोटकी ३८ वर्षीया तिला विकको उपचारका लागि आर्थिक समस्या भएपछि भारतको अहमदाबादस्थित एक अस्पतालमा छटपटाइरहेकी छन्।नेपालमा रोग पत्ता नलागेपछि भारतमा ज्याला मजदुरी गरी उपचार गर्न श्रीमान पदम विकसँग तिला भारत पुगेकी थिइन्। उनको भारतमा पाठेघरको अपरेसन भयो। एक सातापछि कोठामा पुगेकी तिलालाई दुई सातापछि पुनः पेटमा समस्या देखियो। अस्पतालमा जाँच गराउँदा पेटमा पानी जमेको डाक्टरले बताएको उनका श्रीमान पदमले बताए।तिलालाई सहयोग गर्न चाहने सहयोगी हातहरुले आफ्नो भाररती

उपचार खर्चको अभावमा जितबहादुर ओछ्यानमा

सुर्नया गाउँपालिका–२, ग्वानी घरकट्टेका ५२ वर्षीय जितबहादुर विष्ट उपचार खर्चको अभावमा विगत एक वर्षदेखि ओछ्यानमा थला परेका छन् । भारतमा ज्याला मजदुरी गर्ने क्रममा खुट्टा भाँचिएपछि उहाँलाई हिँडडुल गर्न पनि समस्या भएको छ । खुट्टामा राखिएको फलामको रड झिक्न पनि आर्थिक समस्या भएको उहाँ बताउनुहुन्छ ।