सन् १९८८ मा एचआइभी सङ्क्रमित भएका एकजना मानिस भाइरस मुक्त भएका छन् । उनी एचआईभी मुक्त हुने चौथो व्यक्ति भएको डाक्टरले बताए । उनलाई रक्त क्यान्सरको उपचारको लागि बोन म्यारो प्रत्यारोपण गरिएको थियो । बोन म्यारो दिने दाता प्राकृतिक रुपमा एचआईभी भाइरस प्रतिरोधी थिए । पहिचान खोल्न नचाहेका ६६ वर्षीय वृद्धले अहिले एचआइभीको औषधि सेवन गर्न छोडेका छन् । उनले भाइस मुक्त भएकोमा ‘अत्यधिक कृतज्ञ’ भएको बताए । नाम उल्लेख गर्न नचाहेकाले चिकित्सकहरुले उनलाई ‘सिटी अफ होप’का विरामी