केपी ओलीले भने- एमाले विभाजन भएको छैन, केही टुक्रिएको मात्र हो

काठमाडौँ- पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका कारण पार्टी विभाजन भएको नभई केही टुक्रिएको मात्र बताएका छन्। बिहीबार एक अन्तर्वार्ताका क्रममा ओलीले नेपाल समूहले अन्य पार्टीसँग मिलेर एमालेलाई घात गरेको दावी गरे। एमालेलाई कमजोर गर्ने र देशलाई अस्थिरतामा लैजाने अनेकन षड्यन्त्रहरु भएको ओलीको आरोप छ। उनले माधव समूहको अनेक […]

सम्बन्धित सामग्री

'एमाले विभाजन अनुमोदन भएन'

नेकपा एमाले विभाजन गरेर निर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ (३ प्रतिशत मत) पनि कटाउन सकेन । उसले ७ मध्ये ६ प्रदेशमा मुस्किलले १.५ प्रतिशत मत कटाएको छ । सत्ता गठबन्धनसँग तालमेल गरेर प्रत्यक्षमा केही सिट ल्याए पनि समानुपातिक मतको अवस्थाले उक्त पार्टी अनुमोदन भएन भन्दा के होला भन्ने प्रश्न उठिरहेको छ । यसै सन्दर्भमा हामीले उक्त पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसँग कुराकानी गरेका छौं । प्रस्तुत छ राईसँग रातोपाटी संवाददा

एमाले विभाजन होइन, पुनर्गठन भएको हो : प्रकाश ज्वाला

नेकपा (एकिकृत समाजबादी)का केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले नेकपा (एमाले)को विभाजन नभई त्यसको पुर्नगठन भएको बताएका छन् । समाजवादी पत्रकार संगठनले सोमबार दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्...

एमाले विभाजन भएको होइन, नयाँ जीवनको शुरूआत- विष्णु पौडेल

प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले एमाले विभाजन नभई काँचुली फेरेर नयाँ जीवन पाएकोले अब नयाँ उत्साहका साथ अगाडि बढ्ने बताएका हुन्।

एमाले विभाजन : भक्तपुरमा यस्तो छ एमाले र नेकपा एकीकृत समाजवादीको अवस्था

नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै सो पार्टीबाट निर्वाचित प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिसमेत दल रोज्न थालेका छन् । एमाले विभाजनसँगै भक्तपुरबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि पनि एमालेमा रहने कि विभाजित भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीमा रहने भन्नेबारे टुङ्गोमा पुग्दैछन् ।२०७४ सालमा सम्पन्न निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट एमालेले प्रतिनिधिसभा सदस्यमा जितेको थियो । २ नम्बर क्षेत्रकै प्रदेशसभा (क) सूर्यविनायक र (ख) मध्यपुर दुवै क्ष

एमाले र जसपा विभाजन : देउवा र प्रचण्डको स्वार्थ पूरा !

भदौ ३, काठमाण्डौ । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकै दिन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेकपा एमाले र मधेस केन्द्रित दल जसपा नेपालमा फुट आयो । यो विभाजनले निर्वाचन आयोगबाट मान्यता पाउने बित्तिकै नेपाली राजनीतिको आगामी मार्ग निर्धारण हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रस्तावित नेकपा एमाले […]

एमाले विभाजन गर्न लाग्दा माधव नेपाललाई यी हस्तीले साथ छाडे (सुचीसहित)

काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजन गर्न लाग्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लामो समय साथ दिएकाहरुले साथ छाडेका छन् । नेपालसँग लामो समय सहकार्य गरेका एमालेका पदाधिकारीहरुले नै साथ छाडेका हुन् । माधव नेपालको साथ छाड्नेहरुमा एमालेका पदाधिकारीहरु समेत छन् । एमाले उपाध्यक्ष भीम रावलले पहिल्यै नै साथ छाडिसकेका छन् । उनलाई पछिल्लो समय अष्टलक्ष्मी […]

राष्ट्रपतिद्वारा दल विभाजन अध्यादेश स्वीकृत, एमाले फुट्ने निश्चित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छिन्। मंगलवार सरकारले दल विभाजन सहज हुने गरि अध्यादेश राष्ट्रपति कहाँ पठाएको थियो। आज राष्ट्रपतिले अध्यादेशलाई स्वीकृत गरेकी हुन्। नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा सरकारले एमाले विभाजन सहज हुने गरि अध्यादेश ल्याएको हो। अध्यादेशमा अब संसदीय दल…

एमाले विभाजन क्षम्य हुँदैन : ओली

३२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको उनको आरोप छ । विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमाले […]

एमाले विभाजन गराउने अनेक षड्यन्त्र हुँदैछन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गराउन अनेक षड्यन्त्र भइरहेको बताएका छन्। भक्तपुर बालकोटस्थित निवासमा सोमबार राति बसेक एमाले स्थायी कमिटीको ‘आकस्मिक बैठक’मा सम्बोधन गर्दै ओलीले नेकपा एमाले विभाजनका लागि अनेक षड्यन्त्र भइरहेको बताएका हुन् । उनले संसद अधिवेश अन्त्य गरेर अहिलेको अवस्थामा एमालेलाई विभाजन गर्नका लागि सरकारले अध्यादेश ल्याउन खोजिएको बताए […]

एमाले विभाजन रोक्न खोज्दा धम्कीपूर्ण फोन आयो : भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टी विभाजन रोक्ने प्रयास गर्दा आफूलाई धम्कीपूर्ण फोन आएको बताएका छन् । उनले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको बताएका हुन् । रावलले बुधबार विज्ञप्ति जारी गर्दैभनेका छन्, ‘एमाले कतै विभाजनबाट रोकिने पो हो कि भनेर कतिपयलाई देखिने […]