२०४९ यताका तीनवटै स्थानीय निर्वाचनमा हेटौंडामा एमालेविरुद्ध अन्य दलले मोर्चाबन्दी गरे । जित भने एमालेले निकाल्यो । यसपटक एमालेबाट अलग्गिएको एकीकृत समाजवादीको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र एमालेसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । हेटौंडामा ‘ह्याट्रिक’ को इतिहास रचेको एमाले त्यही इतिहासलाई निरन्तरता दिने चुनौतीबीच उभिएको छ । यसका लागि सत्ता गठबन्धन तगारो बनेको छ ।