शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनसम्म गठबन्धन नतोडिने बताएका छन् । बुधबार प्रेस सेन्टर मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेकपा एमालेसँग गठबन्धन वा एकता गर्ने सम्भावना नरहेको बताए ।उनले आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्म सत्ता गठबन्धन जारी रहने र त्यसपश्चात आवश्यकताको आधारमा छलफल हुनसक्ने बताए । उनले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे । ‘निर्वाचन आयोगकै सिफारिसको आधारमा सरकारले मंस