हेटौंडा : हेटौंडा उपमानगरपालिकामा ५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ।
हेटौंडाको मेयरमा जसपा नेपालका तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गरेसँगै हेटौंडामा गठबन्धन भत्किएको हो।
गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मिना लामाले मेयरमा र नेपाली कांग्रेसका राजेश बाँनियाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्।