एमालेको लालकिल्ला हेटौंडामा राप्रपाको अग्रता

हेटौंडा : एमालेको लालकिल्लाको रुपमा रहदै आएको हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। एमालेसँगै गठबन्धनको उम्मेदवार मीना लामाको अग्रतालाई समेत तोड्दै राप्रपाले अग्रता लिएको हो। हाल हेटौंडा–२, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ। १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने विजयी भइसकेका छन्। ८ हजार ८ सय ३६ मत गणना हुँदा राप्रपाको मेयर उम्मेदवार दिपक बहादुर सिंह ३१ मतले अघि लागेका छन्। ताजा मत परिणाम अनुसार हेटौंडामा राप्रपा उम्मेदवार सिंहले २ हजार ७ सय १० मत प्राप्त गठबन्धन