स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएपछि हेटौंडामा शनिबार विजय जुलुस निकालिएको छ । गएराति सम्पन्न मतगणनाबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा क्रमशः मीना लामा र राजेश बानिया विजयी भएका थिए । शनिबार हेटौंडा–४ को फरेष्ट्रि चोकबाट निस्किएको विजय जुलुसले हेटौंडा बजारको परिक्रमा गरेको थियो। विजयी जुलुसमा निर्वाचित मेयर लामा,उपमेयर बानियाँ सहित काँग्रेस वागमती प्रदेश अध्यक्ष इन्द्र बहादुर बानियाँ, बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, नेकपा एकीकृत समाजवाद