आईएस विरुद्ध तालिवानसँग अमेरिकाले समन्वय गर्नसक्ने

एजेन्सी । अमेरिकाका शीर्ष सैन्य अधिकारी जनरल मार्क मिलीले भविष्यमा इस्लामिक स्टेटसँग आबद्ध आईएस विरुद्धको अभियानमा तालिवानसँग अमेरिकाले समन्वय गर्नसक्ने बताउनुभएको छ । अमेरिकी इतिहासकै सबैभन्दा लामो २० वर्षे अफगान युद्ध समाप्त गरेर अमेरिकी फौजले अफगानिस्तान छोडेपछि रक्षामन्त्रीसँगै पहिलो पटक पत्रकार सम्मेलन मार्फत जनरल मिलीले आई एस विरुद्धको अभियानमा समन्वय हुनसक्ने संकेत गर्नुभएको हो । […]

सम्बन्धित सामग्री

आइएसका नेता मारिएको अमेरिकाको दाबी

काठमाडौँ – अमेरिकाले इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको दाबी गरेको छ। उत्तरी सिरियामा अमेरिकाले बिहीबार मध्यरात गरेको कारबाहीबाट आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशीले आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई […]

अमेरिकाको गोप्य सैन्य कारवाहीमा मारिए आतंकवादी संगठन आईएसका नेता

अमेरिकाले उत्तरी सिरियामा बिहीवार राति गरेको कारवाहीमा परी आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) का नेता मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।  अबु इब्राहिम अल हाशमी अल कुरैशी नामक आतंकवादी लुकेको घरमा अमेरिकी सेनाका विशेष बलहरूले घेराबन्दी गरेपछि कुरैशीले आत्मघाती बम विस्फोट गरेर आफू र परिवारलाई मारेका थिए । त्यसअघि गोली हानाहान समेत भएको थियो ।  अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिकी सेनाको कारवाहीको जानकारी दिएका हुन् ।  कुरैशीको मृत्युपछि संसारलाई तेर्सिएको प्रमुख आतंकवादी जो...

सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए

उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट आईएस समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएका छन् । अमेरिकी कारबाहीका क्रममा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बीबीसीले जनाएको छ । अमेरिकी विशेष दलका सैनिकले अबु इब्राहिम लुकेको ठाउँमा घेरा हालेका थिए । त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको खबरमा उल्लेख छ । सिरियाको घटनास्थलमा पुग्ने सहायताकर्मीले कारबाही ...

सेनाको कारवाहीमा आईएस नेता अबु इब्राहिम मारिएको बाइडेनको दाबी

काठमाडौं :  अमेरिकाले विशेष फौजले कारबाहीका सिरियामा इस्लामिक स्टेट (आईएस) नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरैशी मारिएको पुष्टि गरेको छ।राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी सेनाको विशेष अप्रेशनमा आईएस नेता अबु इब्राहिमलाई मारेको पुष्टि गरेका हुन्। सन् २०१९ मा आईएस नेता अबु बकर अल बग्दादी मारिएपछि अमेरिकाले गरेको यो सबैभन्दा ठूलो हमला हो।अमेरिकी सेनाले छापा मार्ने क्रममा र पछि भएको झडपमा कम्तिमा १३ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा छ बालबालि

आफ्नो आकाशमा अमेरिकाले ड्रोन गस्ती गरेको अफगानिस्तानको आरोप

काठमाण्डाै – अमेरिकाले आफ्नो आकाशमा ड्रोन गस्ती गरेको अफगानिस्तानले आरोप लगाएको छ । पाइलटविहीन ड्रोन गस्ती रोक्न अमेरिकालाई आग्रह समेत गरेको बख्तर न्यूज एजेन्सीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी अमेरिकालाई अफगान सरकारले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरिएको छ । अमेरिकाले ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको त्यहाँका अधिकारीहरुले टिप्पणी गरेका छन् । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस लडाकुहरूले गतिविधि सञ्चालन गर्नसक्ने भन्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियाली...

अमेरिकाले अफगानिस्तानमा रहेका आईएस विरुद्धकाे आक्रमणलाई निरन्तरता दिने

काठमाण्डाै - अमेरिकाले अफगानिस्तानमा रहेका इस्लामिक स्टेट आईएस विरुद्धको आक्रमणलाई निरन्तरता दिने बताएको छ । काबुल विमानस्थलमा भएको आक्रमण पछि त्यहाँका आईएस विरुद्धकाे आक्रमणलाई निरन्तरता दिने अमेरिकाले जनाएको हो । अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले आईएसलाई परास्त गर्न दोस्रो अभियान सुरु गर्ने पनि बताउनु  भएको छ । काबुल विमानस्थलमा हिजो फेरि विस्फोट भएको थियो ।  तर, त्यसअघि अमेरिकाले विस्फोटक सामग्री लोड गरिएको गाडीलाई निसाना बनाएर ड्रोन आक्रमण गरेको थियो । काबुल विमानस्थलमा आक्रमणका लागि ल...

इस्लामिक स्टेटका योजनाकार मारिए

काठमाडौँ । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको दाबी गरेको छ । पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ । मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ । बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले […]

तालिबानले अफगानिस्तान कब्जा गरेपछि पहिलो पटक बोल्यो आइएस, लगायो यस्तो आरोप

चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) ले आफ्नो विरोधी तालिबानमाथि अमेरिकाको कठपुतली भएको आरोप लगाएको छ । आइएसले तालिबान ‘मुल्ला ब्रेडली’ प्रोजेक्ट बनिरहेको दाबी गरेको छ । ‘मुल्ला ब्रेडली’ शब्दलाई जिहादी समूहमा यस्तो धार्मिक व्यक्तिका लागि प्रयोग गरिन्छ जसलाई कथित रुपमा अमेरिकाले जिहादलाई कमजोर बनाउनका लागि भर्ती गर्छ । यद्यपि, यो एउटा शब्द मात्रै हो जसलाई अलकायदाका पूर्व नेता अनवार अल–अवलाकीले स्थापना गरेका थिए । अफगानिस्तानले १५ अगस्टमा पूरा देश क

अफगानिस्तानमा तालिबानले जितेको होइन, अमेरिकाले नेतृत्व सुम्पिएको हो : आईएस

काठमाडौं । आफूलाई इस्लामिक स्टेट (आईएस) बताउने कट्टरपन्थी संगठनले अफगानिस्तानको पछिल्लो घटनाक्रमबारे प्रतिक्रिया जनाएको छ । आईएसले अफगानिस्तानमा तालिबानले कुनै जित हासिल नगरेको भन्दै अमेरिकाले उक्त देशको नेतृत्व तालिबानलाई सुम्पिएको जिकिर गरेको हो । इस्लामिक स्टेटले आफ्नो साप्ताहिक पत्रिका अल–नबाको अगस्ट १९ को सम्पादकीयमा अफगानिस्तानको पछिल्लो घटनाक्रमलाई ‘सौदाबाजी’को जित भनी टिप्पणी गरेको...

तालिबानलाई अमेरिकाले अफगानिस्तानको सत्तामा पुर्याइदियो : आईएस

चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले अफगानिस्तानको सत्तामा तालिबानलाई अमेरिकीले पर्‍याइदिएको दाबी गरेको छ।अफगानिस्तानको पछिल्लो अवस्थाबारे प्रतिक्रिया दिँदै आतंकवादी संगठन आईएसले त्यहाँ तालिबानले नजितेको, बरु अमेरिकाले नै अफगानिस्तानको नेतृत्व तालिबानलाई सुम्पिएको तर्क गरेको हो। आईएसले आफ्नो साप्ताहिक पत्रिका अल–नबाको अगष्ट १९ गतेको सम्पादकीयमा लेखेको छ, ‘यो सुविधाको जीत हो, इस्लामको होइन। यो लेनदेनको जीत हो, जिहादको होइन।’‘नयाँ तालिबान’लाई आईएसले &