उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट आईएस समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएका छन् ।
अमेरिकी कारबाहीका क्रममा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बीबीसीले जनाएको छ ।
अमेरिकी विशेष दलका सैनिकले अबु इब्राहिम लुकेको ठाउँमा घेरा हालेका थिए । त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको खबरमा उल्लेख छ । सिरियाको घटनास्थलमा पुग्ने सहायताकर्मीले कारबाही ...