इस्लामिक स्टेटका योजनाकार मारिए

काठमाडौँ । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको दाबी गरेको छ । पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ । मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ । बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले […]

सम्बन्धित सामग्री

अमेरिकी ड्रोन आक्रमणमा आईएसका सूत्रधार मारिएको दाबी

काबुल, (एजेन्सी) । अमेरिकी सेनाले अफगानिस्तानको पूर्वी भागमा आफूले गरेको एक ड्रोन विमान आक्रमणमा इस्लामिक स्टेट समूहको अफगानिस्तानका लागि बम योजनाकार मारिएको हुनुपर्ने विश्वास व्यक्त गरेका छन् । ती आशंकित आईएस–के ग्रुपका सदस्यलाई नान्गारहार प्रान्तमा आक्रमण लक्षित गरिएको थियो । आइएस–केले आफूले बिहीबार राजधानी काबुलस्थित विमानस्थलबाहिर बम आक्रमण गरी १३ जना अमेरिकी सैनिकलगायत एक सय […]

काबुल हमलाका योजनाकार अमेरिकी ड्रोन आक्रमणमा मारिए

अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। ड्रोनको प्रयोग गरी नानगहार प्रान्तमा गरिएको कारबाहीका...

‘अमेरिकी ड्रोन आक्रमणमा काबुल विष्फोटका योजनाकार मारिए’

अमेरिकी सेनाले ड्रोन आक्रमणमा काबुल विष्फोटका एक जना योजनाकार मारिएको दाबी गरेको छ । पूर्बी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा इस्लामिक संगठन आईएस केका एक जना योजनाकार मारिएको अमेरिकी सेनाले दाबी गरेको हो । अफगानिस्तानको नानगर प्रान्तमा रहेका इस्लामिक स्टेट(आइएस) केका समूहलाई लक्षित गरी आक्रमण गरिएको हो । आईएस केले बिहीबार काबुल विमानस्थलबाहिर भएको आत्मघाती आक्रमणको जिम्मा लिएको थियो । उक्त आक्रमणमा १३ जना अमेरिकी सेनासहित १७० जनाको मृत्यु भएको छ ।

अमेरिकी सेनाद्वारा ड्रोन आक्रमण, काबुल एयरपोर्ट आक्रमणका योजनाकार निशानामा

अफगानिस्तानमा अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध हवाई आक्रमण गरेको छ । बिहीबार काबुल एयरपोर्ट बाहिर भएको आक्रमणलगत्तै अमेरिकी सेनाले ड्रोनमार्फत आईएसविरुद्ध हवाई आक्रमण गरेको हो । काबुल एयरपोर्टमा भएको बम विष्फोटमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो ।हवाई आक्रमण इस्लामिक समूहका योजनाकारलाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरिएको  अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । काबुल एयरपोर्ट बाहिर भएको हमलाको जिम्मेवारी आईएस– केले लिएको छ

अफगानिस्तानमा इस्लामिक स्टेटका ‘योजनाकार’ ड्रोन हमलामा मारिएको अमेरिकाको दाबी

अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको जनाएको छ । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमणमा १७७ जना मानिस र १३ अमेरिकी सैनिक मारिएको दोस्रो दिन सो हमला गरिएको अमेरिकाको भनाइ छ । बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले जिम्मा लिएको थियो । ‘हामीले लक्ष्यलाई मारेको प्रारम्भिक सङ्केत प्राप्त गरेका छौँ । हमला सर्वसाधारणलाई कुनै क्षति भएको छैन,’ शुक्रबार एक वि