हाइड्रोको आईपीओमा ३ गुणा बढी आवेदन

काठमाडौं, (नेस) । अपर सोलु हाइड्रोको आईपीओमा ७१ करोड १ लाख ७१ हजार रुपियाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १ सय ७ जनाले ७१ लाख १ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा […]

सम्बन्धित सामग्री

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि

सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ असोज ११ गते भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार भोलि बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको छ ।यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १६.२९ गुणा बढी हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ ला

हिमालयन हाइड्रोको आईपीओमा कति पर्यो आवेदन ?

हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको छ । असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको हो ।आवेदन भर्ने आज अन्तिम दिनको साँझ ५ बजेसम्म १ अर्ब ४८ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९९ हजार ९८० कित्ता सेयरका लागि आवेदन परेको छ । सीडीएसी एण्ड क्लियरिङ हाउसका अनुसार यो मागभन्दा १० गुणाले बढी आवेदन परेको हो । कुल १६ लाख २६ हजार ४३० आवेदकबाट उक्त आवेदन परेको हो ।कम्पनीले सर्वसाधारणका लागि

१३ लाख कित्ता माग गरिएको विन्ध्यवासिनी हाइड्रोको आईपीओमा २ करोडको आवेदन

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा मागभन्दा ६ गुणा बढी आवेदन परेको छ ।

बुद्धभूमि हाइड्रोको आईपीओ भोलि बाँडफाँट हुने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रबार (भोलि) बाँडफाँट हुने भएको छ । कम्पनीले असोज ११ देखि १४ गतेसम्म सर्वसाधारणका लागि ८ लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा ३५.५५ गुणा बढी २ करोड ६५ खाल ३१ हजार ४० कित्ता सेयर खरिदका लागि २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् । […]

बुद्धभुमि नेपाल हाइड्रोको आईपिओ शुक्रबार बिहान बाँडफाँड हुने

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ  । बिक्रि प्रबन्धक सिभिल क्यापिटलले शुक्रबार बिहान १०:३० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।क्यापिटलले असोज २० गते बुधबार आईपिओको प्रि अलोटमेन्ट गरेको थियो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि शुक्रबार बिहान शेयर बाँडफाँड गर्ने लागिएको  हो  । कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर  बिक्रि खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो। ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन्। कम्पनीको आईपिओमा ३५ गुणाको आवेदन परको छ । कम्पनीको आईपीओमा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा ३५.६६  गुणा बढी हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । जस अनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २० लाख बढी आवेदकले शेयर पाउने छैनन् । यद्यपि यो आवेदन भेरिफाई हुनु भन्दा अगाडीको डाटा रहेकोले यो संख्या केहि तलमाथि हुन सक्ने छन् । कम्पनी परिचय : बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड प्रचलित कानून बमोजिम २०७४ साल श्रावण ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भै मिति २०७४ साल श्रावण ३१ गते देखि पब्लीक लिमिटेड कम्पनीमा परिणत भै कम्पनी ऐन २०६३ र विद्युत ऐन २०४९ अन्तर्गत काम÷कारोबार गर्दै आइरहेको छ । कम्पनीले तल्लो ताँदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत गृह स्थल नुवाकोट जिल्लाको सदरमुकाम बिदुर बाट २६ कि.मी. को पुर्वमा तथा खरानीटार बजार बाट ५ किलो मिटरको दुरीमा अवस्थित रहेको छ । आयोजनाको मुख्य संरचनामा हेडवर्क्स दुप्चेश्रर गाउं पालिका को वडा नं ५ र ६ मा तथा आयोजनाको पावर हावर पंचकन्या गाउंपालिका वडा नं ०४ नौटारीमा पर्दछ। आयोजनाको जडित क्षमता ४.९९३ मे.वा रहेको छ  । समग्रमा आयोजनाको कार्य प्रगति ९५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले उल्लेख गरेको छ । यो पनि : बुद्धभुमि हाइड्रोको आईपिओ रिभ्यु: यसै वर्ष १८ करोड आम्दानी, ८०/८१ मा लाभांश प्रक्षेपण

न्यादी हाइड्रोको आईपिओमा हालसम्म कति पर्यो आवेदन ?

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओमा तेस्रो दिनसम्ममा १८ लाख ९३ हजार ९ सय ५७ जनाले आवेदन दिएका छन्  । आज साँझसम्म यी आवेदकले २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताको लागि आवेदन परेको हो  । यो माग भन्दा ११.५१ गुणा बढी हो ।  कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ  बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ । बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा सर्बसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।

बुद्धभुमिको आईपिओमा तेस्रो दिनसम्म २७ गुणा बढीको आवेदन, कतिले भरे शेयर ?

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्म २७ गुणाको आवेदन परको छ । कम्पनीको आईपीओमा आज साँझ सम्ममा १५ लाख ७७ हजार ८ जना आवेदकबाट २ करोड १ लाख २५ हजार ३ सय ७० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा २७.०५ गुणा बढी हो ।कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर  बिक्रि खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो।८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।  सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। आईपिओमा असोज १४ गतेसम्म आबेदन दिन सकिने छ। आवेदन  दिँदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि दिन पाइनेछ।  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आइपीओमा आबेदन दिन सकिनेछ। कम्पनी परिचय : बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड प्रचलित कानून बमोजिम २०७४ साल श्रावण ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भै मिति २०७४ साल श्रावण ३१ गते देखि पब्लीक लिमिटेड कम्पनीमा परिणत भै कम्पनी ऐन २०६३ र विद्युत ऐन २०४९ अन्तर्गत काम÷कारोबार गर्दै आइरहेको छ । कम्पनीले तल्लो ताँदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत गृह स्थल नुवाकोट जिल्लाको सदरमुकाम बिदुर बाट २६ कि.मी. को पुर्वमा तथा खरानीटार बजार बाट ५ किलो मिटरको दुरीमा अवस्थित रहेको छ । आयोजनाको मुख्य संरचनामा हेडवर्क्स दुप्चेश्रर गाउं पालिका को वडा नं ५ र ६ मा तथा आयोजनाको पावर हावर पंचकन्या गाउंपालिका वडा नं ०४ नौटारीमा पर्दछ। आयोजनाको जडित क्षमता ४.९९३ मे.वा रहेको छ  । समग्रमा आयोजनाको कार्य प्रगति ९५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले उल्लेख गरेको छ । यो पनि : बुद्धभुमि हाइड्रोको आईपिओ रिभ्यु: यसै वर्ष १८ करोड आम्दानी, ८०/८१ मा लाभांश प्रक्षेपण

बुद्धभूमि हाइड्रोको आईपीओमा १५ लाखभन्दा बढी कित्ता आवेदन

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओमा भदौ ११ सम्म १५ करोड ३१ लाख बराबरको आवेदन परेको छ । कम्पनीले साउन ३२ देखि बिक्रीमा ल्याएको आईपीओका लागि १५ लाख ३१ हजार ८६५ कित्ताका लागि आवेदन परिसकेको बिक्री प्रवन्धकक सिभिल क्यापिटलले जानकारी दिएको छ । सिभिल क्यापिटलका अनुसार यो संख्या बिक्रीमा ल्याएको संख्याभन्दा ३८३ प्रतिशतले बढी […]