न्यादी हाइड्रोको आईपिओमा हालसम्म कति पर्यो आवेदन ?

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओमा तेस्रो दिनसम्ममा १८ लाख ९३ हजार ९ सय ५७ जनाले आवेदन दिएका छन्  । आज साँझसम्म यी आवेदकले २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताको लागि आवेदन परेको हो  । यो माग भन्दा ११.५१ गुणा बढी हो ।  कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ  बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ । बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा सर्बसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ । 

सम्बन्धित सामग्री

कहिले सुचिकृत हुन्छ बुद्धभूमि नेपाल हाइड्रोको आईपिओ ?

आईपिओ निष्काशन भएको साढे २ महिना बिती सक्दा पनि बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकरण हुन सकेको छैन । बुद्धभूमि भन्दा पछि आईपिओ बाँडफाँड गरेका सामलिङ पावर र न्यादी हाइड्रोको शेयर सुचिकृत भएर कारोबार भईसक्दा समेत बुद्धभूमिको शेयर भने सूचीकरण हुन सकेको छैन  ।कम्पनीले शेयर रजिष्ट्रार नियुक्त गर्न ढिला गर्दा शेयर सूचीकरणमा ढिलाई भएको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले जनाएको छ  । कम्पनीको शेयरको बिक्रि प्रबन्धक सिभिल क्यापिटल रहेको थियो  । तर कम्पनीले ढिलो गरि शेयर रजिष्ट्रारको रुपमा सिद्धार्थ क्यापिटललाई चयन गरेको थियो । सोहि कारण प्रकियागत ढिलाई भएको सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सिडीएसमा शेयर सूचीकरणको प्रक्रिया सुरु भईसकेकोले अबको १० दिन भित्रमा शेयर सुचिकृत हुने छ ।  बुद्धबुद्धभूमिले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर  बिक्रि खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको थियो । ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए । आईपिओमा कुल २० लाख ३० हजार ९ सय ५५ जनाको आवेदन परेकोमा १६ हजार ३३ जनाको आवेदन रद्द भएको र कुल २० लाख १४ हजार ९ सय २२ जनाको आवेदन मात्र योग्य भएका थिए। योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो । जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख ५६ हजार ५ सय ५५ जना हात खाली भएका छन् । उक्त शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले ति शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।  कम्पनी परिचय : बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड प्रचलित कानून बमोजिम २०७४ साल श्रावण ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भै मिति २०७४ साल श्रावण ३१ गते देखि पब्लीक लिमिटेड कम्पनीमा परिणत भै कम्पनी ऐन २०६३ र विद्युत ऐन २०४९ अन्तर्गत काम÷कारोबार गर्दै आइरहेको छ । कम्पनीले तल्लो ताँदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत गृह स्थल नुवाकोट जिल्लाको सदरमुकाम बिदुर बाट २६ कि.मी. को पुर्वमा तथा खरानीटार बजार बाट ५ किलो मिटरको दुरीमा अवस्थित रहेको छ । आयोजनाको मुख्य संरचनामा हेडवर्क्स दुप्चेश्रर गाउं पालिका को वडा नं ५ र ६ मा तथा आयोजनाको पावर हावर पंचकन्या गाउंपालिका वडा नं ०४ नौटारीमा पर्दछ। आयोजनाको जडित क्षमता ४.९९३ मे.वा रहेको छ  । समग्रमा आयोजनाको कार्य प्रगति ९५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले उल्लेख गरेको छ ।

न्यादी हाइड्रोको आइपिओ बाँडफाँट,करिब १४ हजारको आवेदन रद्द

काठमाडौं : न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज  (शुक्रबार) आइपिओ बाँडफाँट गरिएको हो।कम्पनीले निष्कासन गरेको आइपिओमा कुल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।कम्पनीले प्रतिकित्ता रु १०० अङ

न्यादी हाइड्रोको आईपिओ शुक्रबार बाँडफाँड हुने, २ लाख २ हजार जनाले शेयर पाउने

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड गर्न लागेको हो । कम्पनीले निष्काशन गरेको आईपिओमा १४ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकबाट २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा १४.०८ गुणा बढी हो । कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ  बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । गोलाप्रथा मार्फत २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २१ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि यो आवेदन भेरिफाई नहुँदैको तथ्यांक भएकोले यो संख्या केहि तलमाथि हुन् सक्ने छ ।  कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ । यो पनि : न्यादी हाइड्रो आईपिओ रिभ्यु : अधिकांश लगानी बुटवल पावरको, यो वर्ष बिजुली, अर्को वर्ष लाभांश

न्यादी हाइड्रोको सेयरमा चार गुण आवेदन

प्रभावित क्षेत्र र लमजुङबासीका लागि सेयर निष्काशन गरेको न्यादी जलविद्युत् आयोजनाको सेयरमा उत्साहजनक सहभागिता रहेको छ । भदौ १ देखि बिक्री सुरु भएको सेयरमा लक्ष्यभन्दा चार गुणा बढी सेयर खरिदका लागि आवेदन परेको हो ।सेयर आवेदनका लागि १५ गतेसम्मको समयसीमा तोकिएकोमा निर्धारित समयमा ६१ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो । प्रभावित क्षेत्र […]