सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जीवन कथा अन्तर्राष्ट्रिय पाठ्यपुस्तकमा प्रकाशित

नेपाली अमेरिकन सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जीवन कथा विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित भएको छ । विश्वविद्यालय र माध्यमिक विद्यालयका पाठ्यपुस्तक प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राईट होफ्नरद्वारा लिखित ‘दि राईटर्स माईण्डसेट’ पुस्तकमा डा. परियारको जीवन संघर्षको कथा प्रकाशन गरेको छ ।उक्त पुस्तकको ६९२ पृष्ठमध्ये डा. परियारको जीवन कथा पृष्ठ ५९१ देखि ५९४ सम्म चार पृष्ठमा समावेश गरिएको छ । उनको कथा यसअघि अमेरिकी संघीय सरकारको पिस कर्