परराष्ट्र मन्त्रालयले रिक्त रहेका २३ राजदूतको पदपूर्तिका लागि आन्तरिक तयारी भइरहेको जनाएको छ । पररराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अस्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, बङ्गलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, भारत, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमन, कतार, रसिया, श्रीलङ्का, दक्षिण अफ्रिका, साउदी अरेबिया, स्पेन, संयुक्त अधिराज्य र अमेरिकालगायतका देशहरुको राजदूत पद हाललाई रिक्त छ ।