अफगानिस्तानमा अलपत्र परेका तथा फसेका नेपाली नागरिकको उद्धार गर्नका लागि देशभरबाट चासो व्यक्त गरिएको छ ।
प्रतिनिधि सभाको बैठकमा समेत धेरै जसो सांसदहरूले सोमवार माग गरेका छन् । सोमवार नै सरकारले समेत मन्त्रिपरिषद्को बैठकबाट अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्ने निर्णय गरेको छ ।
यस्तो अवस्थामा सबै भन्दा बढी सक्रिय हुनुपर्ने परराष्ट्र मन्त्रालय भने गम्भीर देखिएको छैन ।
अफगानिस्तानमा फसेका नेपाली नागरिक कुन अवस्थामा छन्, कसरी उद्धार भइरहेको छ भन्ने कुराको जानकारी हालसम्म परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन...