रातु नदीको पुल पाँच दिनका लागि बन्द

महोत्तरी । पूर्वपश्चिमराजमार्गअन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातु नदीको पुल आजदेखि पाँच दिनका लागि बन्द भएको छ ।  गत साउन २८ गते आएको भीषण...

सम्बन्धित सामग्री

मलेरिया नदीको पुल निर्माणमा ढिलाइ हुँदा आवतजावतमा सास्ती

बेदकोट, ९ साउन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया नदीमाथिको पक्की पुल निर्माणको काम कछुवा गतिमा भइरहेको छ । गौरीशङ्कर सामुदायिक वन नजिक मलेरिया नदीमा निर्माणाधीन पुलको काम छ वर्ष वितिसक्दा पनि अझै सम्पन्न भएको छैन । पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्नु परेको स्थानीयवासीको भनाइ थियो । “योसँगै निर्माण सुरु भएका अन्य पुल […]

कमला नदीको पुल पुनर्निर्माणको माग गर्दै सिरहा प्रशासनमा धर्ना

सिरहा हुलाकी सडक अन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीको पुल पुनर्निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय सिरहामा आज सोमबार धर्ना दिएका छन् । उद्घाटनको लागि ठिक्क पारिएको भनिएको पुल भासिएको १८ महिना बितिसक्दा पनि पुनर्निर्माणमा बेवास्ता गरेको भन्दै प्रशासन कार्यालयमा धर्ना दिएका हुन्।धर्नापश्चात् सङ्घर्ष समितिका संयोजक समेत रहेका लेखक तथा सामाजिक अभियन्ता रामरिझन यादवले आ–आफ्नै प्रकारले कमलाको पुल बन्नु पर्छ भनेर लेख्न र बोल्ने गरे पनि अझै संयुक्त आवाज ब

अझै बनेन गागन खोला र कमला नदीको पुल

३ साउन, जनकपुरधाम । तराई-मधेशको ‘लाइफलाइन’कै रुपमा रहेको हुलाकी सडक अन्तर्गत निर्माणाधीन महत्वपूर्ण दुई वटा पुल लामो समयदेखि अलपत्र पर्दा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । निर्माण व्यवसायी कम्पनिका कारण सिरहाको औरही गाउँपालिका– १ स्थित गागन खोला पुल र निर्माण नसकिँदै भाँसिएको कमला नदीको पुल निर्माण नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् […]

जोखिमपूर्ण रातो नदीको पुल मर्मत सम्भारको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध

महोत्तरीको बलवा नगरपालिकास्थित रातो नदीको पुल जोखिमपूर्ण रहेकाले स्थानीयवासीहरुले बाटो अवरुद्ध पारी तत्काल मर्मत सम्भारको माग गरेका छन् ।जनकपुर–भ्रमरपुरा–बलवा हुलाकी सडकखण्ड अन्तर्गत पर्ने महोत्तरीको बलवा नगरपालिकाको बनचौरीस्थित रातो नदीको पुलमुनि खाडल छ । सो पुलमुनिको माटो नै नरहेपछि निकै जोखिम पूर्णरुपमा सवारी साधन संचालन हुँदै आएको छ ।स्थानीय वृषेश महतोले लामो समयदेखि आवाज उठाउँदा पनि सरोकारवालाले वास्ता नगरेपछि बाध्य भएर सडक अवरुद्ध गरेको जनाएका छन् ।उनले जोखिमपूर्ण पुल हुँदै चार

कमला नदीको पुल फेरि भासियो

हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाबीच रहेको कमला नदीको पुल फेरि भासिएको छ । दुई दिनदेखिको अविरल वर्षाले बाढी आउँदा कमला नदीस्थित पुलको अर्को स्पान भासिएको हो ।बुधबार मध्याह्न धनुषा जिल्लातर्फको ३ नम्बरको पिलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए । उनले भने, ‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं ।’यसअघि यो पुलको एउटा स्पाम १७ असारको अविरल वर्षाका क्रममा भासिएको थियो । त्यतिबेला सिरहाको बसप

सानीभेरी नदीको पुल सञ्चालन

रुकुम पूर्व : सिस्ने गाउँपालिकाको सानीभेरी नदीमा मोटरेबल पुल निर्माण भएको छ। ८० मिटर लामो पुल तीनपटक म्याद थपेर निर्माण सम्पन्न भएको छ।सिस्ने गाउँपालिका वडा नम्बर ३, ४ र ६ लाई जोड्ने गरी सानीभेरी नदीमा निर्माण गरिएको छ। पुलको उदघाटन बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले गरे। लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण सकिएपछि स्थानीय खुसी भएका छन्। २०७३ असार ३१ मा सम्झौता भएको पुल निर्माणको काम २०७५ असार ३० मा सम्पन्न गरिसक्नुपर्ने थियो। तर, सम्झौता अवधिमा काम सम्पन्न

क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो ।सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि स्पष्ट निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई पत्र पठाइसकेको जानकारी दिए । उनले भने, “पुलको डिजाइन र नि

निर्माण सकिनै लागेको सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल भाँचियाे

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल भाँचिएको छ । निर्माणको अन्तिम चरणमा रहेको पुल दुई दिनदेखिको अविरल वर्षापछि शनिबार दिउँसो भाँचिएको हो । सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो स्लाब भाँचिएको पुल हेर्ने गाईघाट दिक्तेल आयोजनाका प्रमुख गोविन्द्र प्रसाद खकुरेलले बताए । ‘ठेकेदार कम्पनीले यो असार महिनाभित्रै... The post निर्माण सकिनै लागेको सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल भाँचियाे appeared first on Purbeli News.

मर्स्याङ्दी नदीको पुल भासियो , खाद्यान्न ढुवानी रोकियो

नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीले  पुल भासिएको हो । पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ । यही असार महिनाको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि  २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए ।उनले भने, “असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो , जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो । यहाँ सवारी

मर्स्याङ्दी नदीको पुल भासिँदा खाद्यान्न ढुवानीमा समस्या

रासस। लगातारको वर्षासँगै मनाङको नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ। असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले बताए। उनकाअनुसार असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लाको सबैभन्दा विकटक्षेत्र नार्पामा सवारी आवागमन समस्या भएको हो। जसको विकल्पमा घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ।