क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो ।सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि स्पष्ट निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई पत्र पठाइसकेको जानकारी दिए । उनले भने, “पुलको डिजाइन र नि

सम्बन्धित सामग्री

चाँदी नदीमा पुल निर्माणको काम सुरु

चन्द्रपुर, १३ असार । वर्षौंदेखि अलपत्र रहेको चन्द्रनिगाहपुर र गैँडाटार जोड्ने चाँदी नदीमाथि पुल निर्माणको कामको सुरुआत गरिएको छ । सडक डिभिजन कार्यालय रौतहटले ठेकेदारलाई दबाब दिएपछि लामो समयदेखि रोकिएको पुल बनाउने काम फेरी सुरुआत गरिएको हो । पुल बन्ने पर्खाइमा रहेका गैँडाटार क्षेत्रका बासिन्दाले रिले अनशन गरेर दबाब दिएपछि त्यसयता ठेकेदारले काम गर्न सुरु […]

दार्चुलाको महाकालीमा दुई पुल सञ्चालनमा

दार्चुला । दार्चुलाको महाकाली नदीमा नेपाल–भारत जोड्ने गरी थप दुईवटा झोलुंगे पुल सञ्चालनमा आएको छ । महाकालीमा तुइन विस्थापन कार्यक्रमअन्तर्गत निर्माणाधीन झोलुंगे पुल निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको हो । झोलुंगे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले बिहीवार उद्घाटन गरे । मालघाट र मालघट्टेमा झोलुंगे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । ‘पुल निर्माणले व्यासीको वर्षौंदेखिको पीडामा केही मलम लागेको छ,’ उनले भने, ‘यहाँका स्थानीयलाई बजार आउजाउ गर्न सहज हुने भएको छ ।’ यसअघि पुल निर्माणको सम्झौता भए पनि ठेकेदारले काममा ढिलाइ गरेका कारण समस्या भएको थियो । नेपाल–भारत जोड्ने झोलुंगे पुल सञ्चालनमा आएपछि दुवै देशका नागरिकलाई आवतजावतमा सहज भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनले भने, ‘यो पुलले दुवै राष्ट्रको सम्बन्धमा नयाँ आयाम थपिदिएको छ ।’ भारत पिथौरागढ जिल्ला अधिकारी जोशीले वर्षौंदेखिको नागरिकको समस्या झोलुंगे पुल सञ्चालनपछि सहज भएको प्रतिक्रिया दिइन् । ‘नेपाल–भारत दुईदेशीय सम्बन्धमात्र नभई रोटीबेटीको सम्बन्ध अझै मजबुत बनाइदिएको छ,’ उनले भनिन् । झोलुंगे पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन् । दुई देशको सम्बन्ध भएका कारण दुवैतर्फ चोरी तस्करी अवैध घुसपैठ रोक्न सुरक्षाकर्मीले सहयोग पुग्नेछ । महाकालीमा झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएसँगै तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । नेपालतिर सडक कालोपत्र भइनसकेको अवस्था व्यासका नागरिकका लागि सहज बाटोका रूपमा भारतीय सडक पर्दछ । भारतले डबल लेनको सडक निर्माण गरेका कारण नागरिक भारतीय बाटोको प्रयोग गर्दै खाद्यान्न, दैनिक उपभोग्य सामान ढुवानी गर्छन् । उद्घाटन भएका पुल निर्माणसँगै दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० ओटा झोलुंगे पुल सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापित अभियानअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा चारओटा पुल सञ्चालनमा ल्याइएको छ । २०७३ सालपछि लेकम–३ लाली, मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्यास गाउँपालिका–६ बडूगाउँ र तिगरममा झोलुंगे पुल निर्माण भएको हो । यसअघि दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट, व्यासको सीतापुल, महाकाली नगरपालिकाको दत्तु र मालिकार्जुन गाउँपालिकाको जोलजिबीमा झोलुंगे पुल सञ्चालनमा छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल निर्माण भइरहेको छ । रासस

दुई वर्षमा बन्नुपर्ने पुल ११ वर्षदेखि अलपत्र

दोलखाको गौरीशंकर गाउँपालिका–७ स्थित घट्टे खोलाको पुल दुई वर्षमा बनाउने गरी ठेक्का लिएको पुल ११ वर्षसम्म अलपत्र छ ।२०६८ साल २९ असारमा ठेक्का सम्झौता गरेको सर्बउद्धार–फ्रेन्डस–श्रेष्ठ जेभीले दुई वर्षभित्रै पूरा गर्ने गरी सम्झौता गरेको हो । समयमा पुल बनेको भए २०७० सालबाटै पुल सञ्चालनमा आउने थियो । तर ठेकेदारले सम्झौताबमोजिम पुल नबनाउँदा अहिलेसम्म पुल अलपत्र […]

क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

काठमाडौं, असार २७ । गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित […]

९ वर्षदेखि पुलको जग निर्माण अलपत्र

जाजरकोट । निर्माण शुरू गरेको ९ वर्षमा भेरी नदीमा पुलको जगसम्म निर्माण हुन सकेको छैन । मध्यपहाडी लोकमार्ग अन्तर्गतको रुकुमपश्चिम र जाजरकोट जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्ड निर्माणको कामसमेत अधुरो रहेको छ । ठेक्का सम्झौता भएको ३ वर्षभित्र काम सक्नेगरी पुल निर्माणको जिम्मा वाईपी कन्स्ट्रक्शन प्रालि ललितपुरले लिएको थियो । कम्पनीले १०० मिटरको पुल निर्माण गर्न २०६९ सालमा जिम्मा लिए पनि ३० प्रतिशत काम पनि पूरा हुन नसकेको लोकमार्ग आयोजना कार्यालयले बताएको छ । पुल निर्माणका लागि सरकारले १३ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ । पुल नबन्दा सडक स्तरोन्नतिको काममा समस्या भएको छ । व्यापार÷व्यवसाय गर्न कठिन भएको स्थानीय बासिन्दाको गुनासो छ । पुल नहुँदा दुवै जिल्लाका बासिन्दा झोलुंगे पुलबाट आउजाउ गर्न बाध्य भएको स्थानीयवासी नरबहादुर बस्नेतले बताए । पुलकै कारण चौरजहारी नयाँ शहर निर्माण आयोजनाको काम पनि प्रभावित भएको छ । ठेकेदार राजुप्रसाद श्रेष्ठको चरम लापरबाहीले पुल निर्माण अलपत्र परेको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले बताइन् । पटकपटक म्याद थप्दा र ठेकेदारलाई ताकेतापत्र लेख्दासमेत पुल निर्माणको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनियर होमनाथ पौडेलले बताए । पुलको चौरजहारी खण्डतिर पिलर तथा फाउण्डेशन निर्माणको काम भए पनि जाजरकोटतिर कुनै काम भएको छैन । कोरोना महामारीको कारण देखाउँदै ठेकेदारले काममा आलटाल गरिरहेको उनको भनाइ छ । पुल निर्माण तत्काल अघि बढाउन ताकेता गर्दै यस वर्ष दुईपटक पत्राचार गरिसकेको कार्यालयले बताएको छ ।       सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको वाइपी कन्स्ट्रक्सनका प्रोप्राइटर श्रेष्ठले बताए । ‘पुल निर्माण शुरू भएको २ वर्षपछि पिलर तथा स्टिलपार्ट भएको पुल डिजाइन रद्द गरी टावरवाला सस्पेन्सन ब्रिज बनाउने डिजाइन बनेको छ, समयमै डिजाइन भएको भए पुलको काम यतिबेला सकिन्थ्यो,’ उनले भने । रासस

ठेक्का लागेको एक वर्षपछि बल्ल काम सुरु

ओखलढुङ्गा – सदरमुकाम ओखलढुङ्गा–रुम्जाटार जोड्ने सडकको बीच भागमा रहेको सिस्ने खोलामा पक्की पुल बनाउने काम ठेक्का लागेको एक वर्षपछि बल्ल सुरु भएको छ ।  ठेकेदारले काम नगरेपछि सङ्घीय संसद्को विकास तथा प्रविधि समितिका सदस्य सांसद यज्ञराज सुनुवार, सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी क...

पुल नहुँदा मनाङमा सवारी साधन अावतजावत ठप्प

मनाङ : सम्झौताअनुसार ठेकेदारले पुल निर्माण नगर्दा मनाङवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सम्झौताको मिति सकिँदा बेंसीसहर–चामे सडकखण्डमा पुल बन्न सकेको छैन। पुल बनाउने जिम्मा लिएको क्यारवाहन कन्सल्टेन्सीले समयमा काम सम्पनन नगर्दा मनाङ जाने–आउने सवारी साधन खोलामा अलपत्र पर्ने गरेको छन्। यस सडकखण्डमा पर्ने म्यार्दीख...