गभर्नर अधिकारीले अमेरिकाबाटै गरे थप कडा नीतिको संकेत !

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको लागि थप कडा नीति ल्याउनु पर्ने तर्फ संकेत गरेका छन् । हाल अमेरिकामा रहेका गभर्नर अधिकारीले ट्वीट गर्दै केन्द्रीय बैंकले लिने नीतिहरुमा थप सावधानी अपनाउनु पर्ने बताएका हुन् ।उनले अन्तर्राष्ट्रिय मुद्रा कोषले जुलाई महिनाको लागि तयार पारेको 'विश्व अर्थतन्त्र परिदृश्य' को कभर पेज ट्वीटरमा शेयर गर्दै  केन्द्रीय बैंकले लिने नीतिहरुमा थप सावधानी अपनाउनु पर्ने बताएका हुन् । उक्त परिदृश्यमा सन् २०२२ अझै धुमिल र थप अनिश्चिततातर्फ धकेलिने उल्लेख छ । सोहि कभर फोटो शेयर गर्दै उनले सन् २०२३ पनि खासै उत्साहजनक नभएको उल्लेख गरेका छन् । उनले कमजोर आर्थिक वृद्धि देखिने, मुद्रास्फीतिको दबाब रहने, बाह्य क्षेत्र चुनौतीपूर्ण हुने , र समष्टि आर्थिक स्थिरतामा दबाब सिर्जना हुने भएकोले केन्द्रीय बैंकले लिने नीतिहरुमा थप सावधानी अपनाउनु पर्ने बताएका हुन् । हाल उनी संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अमेरिकामा छन्। मुद्रा कोषको कार्यक्रम मै रहेको बेला मुद्रा कोषको रिपोर्ट शेयर गर्दै गभर्नरले गरेको ट्वीटले आगामी दिनमा केन्द्रीय बैंकले थप कडा नीति ल्याउने संकेत देखिएको कतिपयको बुझाई छ । विश्वमा आर्थिक मन्दी देखिन सक्ने पनि अर्थविद्हरुले बताईरहेका छन् । त्यस्तो भएमा विश्वभरका केन्द्रीय बैंकहरुले आफ्ना नीतिहरु पुनरावलोकन गर्न सक्ने बताईंन्छ । मुद्रा कोषले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धि जम्मा २.७ प्रतिशतमा सिमित रहने अनुमान सार्वजनिक गरेको छ। २०२१ मा ६ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धि २ वर्षमै आधा भन्दा बढीले घट्ने अवस्था आएको आइएमएफको प्रक्षेपण छ । यद्यपी, चालु वर्ष २०२२ मा भने विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशत रहने अनुमान गरिएको छ ।आइएमएफले विश्वको आर्थिक वृद्धि घट्दै जानुमा विभिन्न कारण पनि दिएको छ । विश्वका सबैजसो मुलुकका केन्द्रीय बैंकहरुले कर्जा प्रवाहमा अंकुश लाग्ने गरी ब्याजदर बढ्ने नीति लिएको र यस्तो नीति लिनुमा सबै देशका केन्द्रीय बैंकहरुले रसिया–युक्रेन युद्धलाई देखाएको आइएमएफको भनाई छ ।सँगै, एक महिना अगाडी सेप्टेम्बर १५ (भदौ ३० गते) मा विश्व बैंकले त झन विश्व आर्थिक मन्दी (ग्लोबल रिसेसन) कै प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२३ मा विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर ०.५ प्रतिशत मात्रै हुने र यसको ठूलो असर अल्पविकसित देशले भोग्नुपर्ने बताएको छ । 

सम्बन्धित सामग्री

खराब कर्जाको संकेत

मुलुकमा सञ्चालित वाणिज्य बैंकहरूको खराब कर्जा एकै वर्षमा दोब्बरले बढ्नु वित्तीय क्षेत्रका लागि राम्रो संकेत होइन । गत वर्ष अर्थतन्त्रमा सुस्तता देखिए पनि अहिलेसम्म बैंकिङ क्षेत्रमा कुनै समस्या देखिएको थिएन । बैंकहरूले गत वर्ष ७० अर्बभन्दा धेरै कमाएका छन् । तर, वर्षको अन्त्यमा आउँदा खराब कर्जा बढेर ३ प्रतिशत नजिक पुग्नु पक्कै राम्रो संकेत होइन […]

गम्भीर रोगका ८ संकेत

कहिलेकाही लामो समयसम्म चुइङगम चपाउनाले बंगारामा दुखाई हुन्छ। तर, कहिलेकाही यो हृदयाघातको संकेत पनि हुन सक्छ। यद्यपि यस्तो संकेत देखिनेबित्तिकै डाक्टरसंग सल्लाह लिने समय पाइन्छ।

अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं, वैशाख २८ । कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले बाह्य क्षेत्र बलियो हुँदा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत गरेको छ । विप्रेषण (रेमिट्यान्स) र भ्रमण आय वृद्धिसँगै शोधनान्तर स्थिति, विदेशी मुद्राको […]

जसपा गठबन्धनबाट बाहिरिने संकेत

सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ।

ब्याजदरमा हस्तक्षेप गर्ने सरकारको संकेत

सरकारले बैंक ब्याजदरमा प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत गरेको छ । उद्योगी–व्यवसायीले ब्याजदर घटाउन चर्को दबाब दिएपछि सरकारले त्यसमा हस्तक्षेप गर्ने संकेत गरेको हो । गत बिहीबार दोस्रो लिगलिग पालुङटार महोत्सवमा बोल्दै अर्थमन्त्री जनार्दन...

काठमाडौंमा सार्वजनिक शौचालयका छुट्टै संकेत चिन्ह

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका छुट्टै संकेत चिन्ह तयार गरेको छ । नीलो पृष्ठभूमिको संकेत चिन्ह अब होटल तथा रेस्टुरेन्टहरुले स्वेच्छिक रुपमा आफ्नो शौचालयमा राखेर सार्वजनिक रुपमा खुला गर्न सक्ने भएका छन् । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार […]

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने संकेत

१० जेठ, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत गरेको छ । एक साताको अवधिमा दुई पटक इन्धनको मूल्य बढाएको भन्दै सरकारको आलोचना भइरहेको बेलामा नीति तथा कार्यक्रमले अझै मूल्य बढ्न सक्ने संकेत गरेको हो । मंगलबार सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पेट्रोलियम पदार्थको मूल्य लागतमा आधारित बनाउँदै […]

फेरि कांग्रेससँग तालमेल गर्ने मल्लको संकेत

डडेल्धुरा, १५ वैशाख। नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  कांग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करूवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गरेका हुन्। शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करूवा र रूख चुनाव […]

ब्याजदर बढ्ने संकेत

बैंकहरु कर्जा प्रवाहमा आक्रामक भएसँगै ब्याजदर बढ्ने संकेत देखिएको छ ।कोरोना महामारीको असर कम हँुदै जाँदा बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा तिव्रता दिएपछि बैंकिङ प्रणालीमा रहेको तरलता (लगानीयोग्य पुँजी) घट्दै गएको छ । जसका कारण बैंकको ब्याजदर बढ्ने संकेत देखिएको हो ।नेपाल बैंकर्स संघका अनुसार फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३७ अर्ब रुपैयाँ वृद्धि […]

सरकारले होटलहरुलाई संकेत चिन्ह प्रदान गर्ने

सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ । होटलले दिने सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए ।संकेत चिन्हमा […]