५० % पाहुना राख्न पाउने गरी खुले बागलुङका होटल

साउन १५, बागलुङ । ५० प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी यहाँका होटललाई सेवा सञ्चालनको अनुमति दिइएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनासहित शुक्रवारदेखि आधा क्षमतामा होटल खोल्न दिने निर्णय गरेको हो । यसअघि होटल तथा रेष्टुराँलाई साँझ ७ बजेसम्म मात्र ‘टेक अवे’ र ‘होम डेलिभरी’ दिन पाउने प्रावधान तोकिएको थियो । व्यवसायीको मागलाईसमेत दृष्टिगत गरी होटल सञ्चालनको अनुमति दिइएको केन्द्रले जानकारी दिएको छ ।  होटल व्यवसायीले प्रमुख जिल्ला अधिकारीसमक्ष खोपको प्रबन्ध र व्यवसाय सञ्चालनमा सहजीकरण गर्न माग गर्दै गत सोमवार ज्ञापनपत्र बुझाएका थिए । होटल व्यवसायी र कर्मचारीले छिट्टै खोप पनि पाउने भएका छन् । बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारीले स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन होटल तयार रहेको बताए । सेवा क्षेत्रका व्यवसायमा आबद्ध सबैलाई खोपको सुनिश्चिता हुनुपर्ने उनको भनाइ छ । कोरोनाको प्रत्यक्ष मारमा परेको होटल क्षेत्रलाई उकास्न राज्यले व्यवसायी लक्षित राहत तथा पुनःस्थापना कार्यक्रम ल्याउनुपर्ने माग गर्दै आएका छन् । जिल्लामा झण्डै २०० होटल तथा रेष्टुराँ छन् । बन्दाबन्दी र निषेधाज्ञाका कारण विगत डेढ वर्षदेखि व्यवसाय थलिएको छ । कतिले रोजगारी गुमाएका छन् । रेष्टुराँ सञ्चालनमा भने अझै पनि कडाइ कायमै छ । रेष्टुराँ तथा खाजाघरले साँझ ७ बजेसम्म मात्र ‘टेक अवे’ र ‘होम डेलिभरी’ सेवा दिन पाउँछन् । खुकुला प्रावधानसहित जारी निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म यथावत् रहने केन्द्रले जानकारी दिएको छ ।  सार्वजनिक यातायातदेखि पसल, व्यवसाय सबैलाई समय र सेवाको मापदण्ड तोकेर खुला गरिएको छ । शैक्षिक संस्था, मठ मन्दिरलगायत मानिसको भीडभाड हुने क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सहकारी, बैंक तथा वित्तीय संस्थाले पनि पूर्ववत्रुपमा नियमित सेवा दिइरहेका छन् ।  सहकारीले घरदैलो गरेर बचत संकलन गर्ने कार्यमा भने रोक लगाइएको छ । ‘पार्टी प्यालेस’, सौन्दर्य व्यवसाय, शैलुन, जिमखाना, खेलकूदस्थल, सिनेमा घर, तालीम केन्द्र आदि सञ्चालनमा भने रोक लगाइएको छ । धार्मिकस्थलमा पनि नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइने जानकारी दिइएको छ । अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा अपनाउन जनसाधारणमा आग्रह गरिएको छ ।  कोरोना भाइरस संक्रमण रोक्न जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । यहाँ कोरोनाका सक्रिय संक्रमित ३४४ छन् भने ६२ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । रासस

सम्बन्धित सामग्री

मुस्ताङमा ६ महिनामा १ लाख ९० हजार पाहुना

पछिल्लो ६ महिना अवधिमा हिमाली जिल्ला मुस्ताङले मात्र एकलाख ९० हजार बढी पाहुना भित्र्याएको छ। आन्तरिक र बाह्य गरि एकलाख ९० हजार ७५ जना पाहुना हिमाली जिल्ला मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांकले बताएको छ। ती मध्ये डेढलाख बढी पाहुना आन्तरिक रहेको प्रहरीले बता...

मुस्ताङमा ६ महिनामा १ लाख ९० हजार पाहुना

पछिल्लो ६ महिना अवधिमा हिमाली जिल्ला मुस्ताङले मात्र एकलाख ९० हजार बढी पाहुना भित्र्याएको छ। आन्तरिक र बाह्य गरि एकलाख ९० हजार ७५ जना पाहुना हिमाली जिल्ला मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांकले बताएको छ। ती मध्ये डेढलाख बढी पाहुना आन्तरिक रहेको प्रहरीले बता...

इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौँमा

काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौँ आइसकेका छन्।...

बिदा भए इन्द्रजात्राका पाहुना

वर्षा र सहकालको देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना बिदा भएका छन् । ऐतिहासिक जात्रा अवलोकनका लागि काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा देशका विभिन्न स्थान र विदेशबाट पाहुना काठमाडौँ आएका थिए । जात्राको अवलोकनसँगै पाहुनालाई वसन्तपुर, हाँडीगाउँसहित भक्तपुर, ललितपुर र कीर्तिपुरको सम्पदा यात्रा, आन्तरिक भेट गराइएको थियो । जुद्ध शालिकबाट सुरु भएको सम्पदा पदयात्रा काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, नरदेवी, किलागल, इन्द्रचोक हुँद

कोरोनाले थलिएका ‘पाहुना घर’ अझै सुनसान

कोरोना कहरका बेला प्रभावित बनेका कञ्चनपुरमा रहेका पाहुना घर (होमस्टे) मा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घटेको छ । कोरोना महामारी फैलिनुअघि पाहुना हरुको चहलपहल रहने पाहुना घरहरु कोरोनापछिका वर्षहरुमा भने सुनसान हुन थालेका छन् । पाहुनाको आवागमन घटेसँगै होमस्टेको आर्थिक कारोबारमा समेत गिरावट आएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ ।“गत वर्ष असार मसान्तसम्म रु तीन लाख जतिको कारोबार भयो”, सचिव रानाले भने, “कोरोना स

भित्रिन थाले भारतीय पाहुना

कोरोना भाइरस संक्रमण कमजोर भएसँगै भारतीय पाहुना पोखरा भित्रिन थालेका छन्। कोरोनाको तेश्रो लहरको संक्रमणले गति लिएसँगै पोखरामा भारतीय पाहुनाको आगमन खस्किएर करिब शुन्यमा झरेको थियो। तर, संक्रमण कमजोर भएपछि भारतीय पाहुना पोखरा आउन थालेको व्यवसायीले बताएका छन...

पाहुना चराले चहलपहल

विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जयदीशपुर ताल केही दिनयता पाहुना चराले मनमोहक बनेको छ । तालमा हे¥यो उतै चरा देखिन थालेपछि पर्यटकको समेत भिड लागेको छ ।  मरुल, सिलसिले हाँस, बिजुला,...

माओवादी राष्ट्रिय सम्मेलनमा विदेशी पाहुना नबोलाउने

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा विदेशी पाहुना नबोलाउने भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनमा विदेशी पाहुना नबोलाउने बताएका हुन् । पत्रकारसँगै कुरा गर्दै महराले सम्मेलनमा तामझाम नगर्ने, राष्ट्रिय र विदेशी पाहुना समेत नबोलाउने बताएका […]

माओवादीले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने बताएका हुन् । गत महिना भएको नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा देशका प्रमुख राजनीतिक दल र विभिन्न देशका […]

प्रधानमन्त्रीका प्रिय पाहुना !

प्रधानमन्त्री केपी शर्मा ओलीको पाहुना बनेर नेपाल आएका भारतीय टेलिभिजन च्यानल जी न्युजका सम्पादक सुधीर चौधरी। एकातिर उनले ओलीको वाह वाही गराए, अर्कातिर सगरमाथामा पुगेर विवादित अभिव्यक्ति दिए। प्रधानमन्त्रीका पाहुना भएकाले हुनुपर्छ, उनको कालापत्थर यात्रा अनुमतिविना नै थियो।  यससँग सम्बन्धित खबर :  चीनसँग जोडिएको भूगोलमा अनुमतिविनै जी न्युज, प्रधानमन्त्रीका पाहुना…