वर्षा र सहकालको देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना बिदा भएका छन् । ऐतिहासिक जात्रा अवलोकनका लागि काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा देशका विभिन्न स्थान र विदेशबाट पाहुना काठमाडौँ आएका थिए । जात्राको अवलोकनसँगै पाहुनालाई वसन्तपुर, हाँडीगाउँसहित भक्तपुर, ललितपुर र कीर्तिपुरको सम्पदा यात्रा, आन्तरिक भेट गराइएको थियो । जुद्ध शालिकबाट सुरु भएको सम्पदा पदयात्रा काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, नरदेवी, किलागल, इन्द्रचोक हुँद