राप्रपाबाट आएका प्रकाश बने एमालेबाट समानुपातिक सांसद

२६ मंसिर, पोखरा । २०७४ सालको चुनावअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वसांसद सूर्यबहादुर केसी नेपाली कांग्रेस प्रवेश गर्दा उनका बहिनी ज्वाइँ तथा राप्रपा केन्द्रीय सदस्य प्रकाशबहादुर केसी नेकपा एमालेतिर लागे । सूर्यबहादुरलाई सभापति शेरबहादुर देउवाले कांग्रेस भित्र्याएका थिए भने प्रकाशलाई नेताहरु रवीन्द्र अधिकारी, खगराज अधिकारी र कास्की जिल्ला इन्चार्ज मानबहादुर जिसीले एमाले प्रवेश गराए […]

सम्बन्धित सामग्री

कर्णालीमा समानुपातिक सांसद : कुनै जिल्लामा भिडभाड, कुनैमा शून्य

कर्णालीबाट प्रतिनिधि सभा र प्रदेश सभामा गरी २५ जना सांसद समानुपातिक प्रणालीबाट चयन भएका छन् । प्रदेशसभातर्फ १६ र समानुपातिक तर्फ ९ जना सांसद चयन भएका हुन् ।  यद्यपि समानुपातिक सांसद छनोट गर्दा जिल्लाको प्रतिनिधित्वलाई बेवास्ता गरिएको छ । कर्णालीमा १० जिल्लामा प्रदेश सभातर्फ २४ र प्रतिनिधि सभातर्फ १२ निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधि सभातर्फ ८ सांसद चयन गर्दा सुर्खेत, डोल्पा, कालिकोट, हुम्ला, मुगु र सुर्खेतले समानुपातिक सांसद पाएको छैन । जबकी समानुपातिक सांसद पाएको दैलेखले २,

यी हुन् राप्रपाबाट सिफारिस भएका समानुपातिक सांसद (सूचीसहित)

काठमाडाैँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि समानुपातिक सांसद सिफारिस गरेकाे छ। राप्रपाले प्रतिनिधिसभाका लागि सात जनाकाे नाम सिफारिस गरी शनिबार निर्वाचन आयाेगका बुझाएकाे छ। निर्वाचन आयाेगले यही मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमार्फत चयन भएका विभिन्न राजनीतिक दलहरू सांसदहरू सूची आज रुजु गर्दैछ। यी हुन् राप्रपाबाट चयन भएका प्रतिनिधि […]

रवि लामिछानेको पार्टीमा ग्यालेक्सी टिभीकी पूर्व कर्मचारी पनि समानुपातिक सांसद

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ग्यालेक्सी फोर के टिभीकी पूर्व कर्मचारीलाई समानुपातिक सांसद बनाएको छ । खस–आर्य पिछडिएको क्षेत्रबाट विनिता कठायतलाई समानुपातिक सांसद बनाएको हो । फेसन डिजाइनिङ अध्ययन गरेकी उनी रवि लामिछाने सोही टिभीमा कार्यरत रहेका बेला प्रशासन शाखामा काम गर्थिन् ।जुम्ला घर भएकी कठायतले रवि लामिछानेसँगै टेलिभिजन छोडेको एक कर्मचारीले बताए ।  यस्तै अर्की एकजना पत्रकार पनि पनि समानुपातिक सांसदमा चयन भएकी छिन् । खस–आर्य महिला कोटाबाट पत्रकार निशा डा

दाङका दुई महिला एमालेबाट समानुपातिक सांसद

दाङ – नेकपा एमालेबाट दाङका दुई महिला समानुपातिक सांसद बनेका छन्। एमालेले सार्वजनिक गरेको समानुपातिक सूचीमा खसआर्यबाट मेनुकाकुमारी पोख्रेल र थारु महिलाबाट आस्माकुमारी चौधरीको नाम समावेश छ। पोख्रेल नेकपा एमाले केन्द्रीय सदस्य तथा दाङ सह–ईञ्चार्ज हुन् भने चौधरी अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य हुन्। यो उनीहरुको पहिलो संसदीय यात्रा हो। पोख्रेल घोराही उपमहानगरपालिका–१७ निवासी […]

यी हुन् एमाले प्रदेश समानुपातिक सांसद

नेकपा एमालेले प्रदेशतर्फ पनि समानुपातिक सांसद चयन गरेको छ । यी हुन् चयन भएका एमाले समानूपातिक सांसदहरु–  प्रदेश १ : शिला दिक्षित कार्की, तारादेवी ढकाल, अनिरादेवी खनाल आचार्य, गितादेवी रेग्मी, सिर्जना दनुवार, कमला थापा, सिर्जना राई, मिना श्रेष्ठ,मालती लिम्बु,लहुरमय जिमी याक्खा, कमला दर्नाल, गितारानी महतो, नुरसदी वेग, नम्मरलाल धिमाल,ललिताकुमारी चौधरी ।मधेस प्रदेश : पोल्टीदेवी यादव,फुलुकुमारी देवी, विनादेवी शर्मा, मञ्जुकुमारी थापा, पलटीदेवी महरा, शिला यादव,जयचन्द्र प्रसाद पटेल र नाज

बादलपत्नी नैनकला बनिन् समानुपातिक सांसद

नेकपा एमालेले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई समानुपातिक सांसद बनाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ उनलाई सांसद बनाएको हो ।उनीसहित एमालेले २२ जना महिलालाई समानुपातिक सांसद बनाएको छ।

समानुपातिक सांसद छान्न चार घण्टादेखि एमाले बैठक जारी

नेकपा एमालेलाई समानुपातिक सांसद छान्न सकस परेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सांसद छान्न पार्टी कार्यालयमा चार घण्टादेखि सचिवालय बैठक बसिरहेको छ । निर्वाचन आयोगले दिएको समय सकिन लाग्दा पनि एमालेले नाम टुङ्ग्याउन नसकेको हो । बैठक अझै जारी रहेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । मङ्सिर ४ गते भएको निर्वाचनको नतिजा अनुसार संघीय संसद्मा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिक तर्फ ३४ सिट जितेको छ । एमालेले समावेशी सिद्धान्तअनुसार ३४ जना समानुपाति

समानुपातिक सांसद छान्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट समानुपातिक सांसद छान्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३२ गरी ८९ सिट जितेको छ । समानुपातिकतर्फ भने कांग्रेसले प्राप्त सिटमा समावेशी सिद्धान्त (क्लस्टर)अनुसार सांसदको नाम चयन गर्नुपर्नेछ । सो प्रक्रियाका लागि छलफल गर्न कांग्रेसले शनिबार केन्द्रीय कार्यसम्पादन बैठक डाकेको हो […] The post समानुपातिक सांसद छान्दै कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक सांसद चयनमा रविको पार्टीभित्र लफडा

काठमाडौं । समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् । समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि केन्द्रीय कार्यालयमा खबरदारी गरेका हुन् । सामानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवार चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम […]

एमालेले स्पष्टीकरण मागेकामा तीनजना प्रत्यक्ष, आठजना समानुपातिक सांसद

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीले आज सोधेको स्पष्टीकरणमा तीनजना प्रत्यक्ष निर्वाचित सांसद रहेको छन्। यस्तै आठजना समानुपातिक सांसद रहेका छन्। माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावल प्रत्यक्ष निर्वाचित सांसद हुन्। अन्य मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु भने समानुपातिक सांसद हुन्।