रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ग्यालेक्सी फोर के टिभीकी पूर्व कर्मचारीलाई समानुपातिक सांसद बनाएको छ । खस–आर्य पिछडिएको क्षेत्रबाट विनिता कठायतलाई समानुपातिक सांसद बनाएको हो । फेसन डिजाइनिङ अध्ययन गरेकी उनी रवि लामिछाने सोही टिभीमा कार्यरत रहेका बेला प्रशासन शाखामा काम गर्थिन् ।जुम्ला घर भएकी कठायतले रवि लामिछानेसँगै टेलिभिजन छोडेको एक कर्मचारीले बताए । यस्तै अर्की एकजना पत्रकार पनि पनि समानुपातिक सांसदमा चयन भएकी छिन् । खस–आर्य महिला कोटाबाट पत्रकार निशा डा