यी हुन् एमाले प्रदेश समानुपातिक सांसद

नेकपा एमालेले प्रदेशतर्फ पनि समानुपातिक सांसद चयन गरेको छ । यी हुन् चयन भएका एमाले समानूपातिक सांसदहरु–  प्रदेश १ : शिला दिक्षित कार्की, तारादेवी ढकाल, अनिरादेवी खनाल आचार्य, गितादेवी रेग्मी, सिर्जना दनुवार, कमला थापा, सिर्जना राई, मिना श्रेष्ठ,मालती लिम्बु,लहुरमय जिमी याक्खा, कमला दर्नाल, गितारानी महतो, नुरसदी वेग, नम्मरलाल धिमाल,ललिताकुमारी चौधरी ।मधेस प्रदेश : पोल्टीदेवी यादव,फुलुकुमारी देवी, विनादेवी शर्मा, मञ्जुकुमारी थापा, पलटीदेवी महरा, शिला यादव,जयचन्द्र प्रसाद पटेल र नाज

सम्बन्धित सामग्री

निर्वाचन आयोग र एमालेबीच प्रदेश १ समानुपातिक सांसद छनौटमा विवाद

निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभाका लागि समानुपातिक सांसद छनौटको विषय सच्याउन गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ । निर्वाचन आयोगले अल्पसंख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । उक्त पत्रको जवाफ आफूहरुले आयोगलाई दिइसकेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले बताए । ‘निर्वाचन आयोगले हामीलाई जे कुरा स्पष्ट पार्न भनेर पत्र पठाएको थियो हामीले त्यही अनुसार स्पष्ट पारेर पठाएका छौं,’ न्यौपानेले भने,

दाङका दुई महिला एमालेबाट समानुपातिक सांसद

दाङ – नेकपा एमालेबाट दाङका दुई महिला समानुपातिक सांसद बनेका छन्। एमालेले सार्वजनिक गरेको समानुपातिक सूचीमा खसआर्यबाट मेनुकाकुमारी पोख्रेल र थारु महिलाबाट आस्माकुमारी चौधरीको नाम समावेश छ। पोख्रेल नेकपा एमाले केन्द्रीय सदस्य तथा दाङ सह–ईञ्चार्ज हुन् भने चौधरी अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य हुन्। यो उनीहरुको पहिलो संसदीय यात्रा हो। पोख्रेल घोराही उपमहानगरपालिका–१७ निवासी […]

समानुपातिक सांसद छान्न चार घण्टादेखि एमाले बैठक जारी

नेकपा एमालेलाई समानुपातिक सांसद छान्न सकस परेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सांसद छान्न पार्टी कार्यालयमा चार घण्टादेखि सचिवालय बैठक बसिरहेको छ । निर्वाचन आयोगले दिएको समय सकिन लाग्दा पनि एमालेले नाम टुङ्ग्याउन नसकेको हो । बैठक अझै जारी रहेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । मङ्सिर ४ गते भएको निर्वाचनको नतिजा अनुसार संघीय संसद्मा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिक तर्फ ३४ सिट जितेको छ । एमालेले समावेशी सिद्धान्तअनुसार ३४ जना समानुपाति

एमाले सचिवालय बैठक जारी, समानुपातिक सांसद टुँगो लगाउँदै

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । आजको बैठकले समानुपातिक सांसदको टुंगो लगाउने भएको छ । एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ।

समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । पार्टी कार्यालय च्यासलमा बिहानदेखि बैठकले समानुपातिक सांसद चयन गर्नेछ । एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् ।

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

काठमाडौं । समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा […] The post कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक सांसद छान्न बोलाइएको एमाले सचिवालय बैठक स्थगित

काठमाडौं  : नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। समानुपातिक सांसद छनोट गर्न शुक्रबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आजका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए। एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको थियो भने समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको नाम पठाउन दलहरुलाई निर्देशन दिइसकेको छ।

संकटमा समानुपातिक सांसद, प्रत्यक्षतर्फ नलडे 'रिङ्गआउट'

नेपाली कांग्रेस तथा नेकपा एमालेले हाल समानुपातिक तर्फबाट सांसद रहेकालाई आगामी निर्वाचनमा समानुपातिकमै अवसर नदिने भएको छ । दुवै दलले यससम्बन्धी औपचारिक निर्णय गरिसकेका छन् ।आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हाल समानुपातिक सांसद रहेकाहरुलाई सोही पदमा नदोहोर्‍याउने र नयाँलाई समानुपातिकतर्फको उम्मेदवार बनाउने प्रमुख दुई दलको तयारी छ । एमाले केन्द्रीय सदस्य कृष्ण राईले हाल समानुपातिक तर्फ सांसद रहेकालाई आगामी निर्वाचनमा पुनः समानुपातिकमा नराख्ने निर्णय भएको बताए । तर अहिले समानुप