समानुपातिक सांसद छान्न चार घण्टादेखि एमाले बैठक जारी

नेकपा एमालेलाई समानुपातिक सांसद छान्न सकस परेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सांसद छान्न पार्टी कार्यालयमा चार घण्टादेखि सचिवालय बैठक बसिरहेको छ । निर्वाचन आयोगले दिएको समय सकिन लाग्दा पनि एमालेले नाम टुङ्ग्याउन नसकेको हो । बैठक अझै जारी रहेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । मङ्सिर ४ गते भएको निर्वाचनको नतिजा अनुसार संघीय संसद्मा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिक तर्फ ३४ सिट जितेको छ । एमालेले समावेशी सिद्धान्तअनुसार ३४ जना समानुपाति

सम्बन्धित सामग्री

एमाले सचिवालय बैठक जारी, समानुपातिक सांसद टुँगो लगाउँदै

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । आजको बैठकले समानुपातिक सांसदको टुंगो लगाउने भएको छ । एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ।

समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । पार्टी कार्यालय च्यासलमा बिहानदेखि बैठकले समानुपातिक सांसद चयन गर्नेछ । एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।